ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीमा मिचिएको चिन्ता भए सरकारलाई सहयोग गर्नुपर्छ– मन्त्री अर्याल


admin

काठमाडौं, १० मंसिर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सीमा मिचिएको चिन्ता भए सरकारलाई सहयोग गर्नुपर्ने बताउनुभएको छ ।

जिल्ला मालपोत कार्यालमा आज सुधारिएको सेवा प्रवाह मोडेल सिस्टमको शुभारम्भ कार्यक्रममा भारत सरकारले जारी गरेको नक्साप्रति भइरहेका टीका टिप्पणीप्रति सङ्केत गर्दै मन्त्री अर्यालले भन्नुभयो, “नेपालको सीमा छिमेकीले मिच्दा सरकारलाई सहयोग गरेर राष्ट्रियताको पक्षमा उभिनुको सट्टा केही दल सरकारको सहमतिमा नै भारतले नक्सा निकालेको भनेर जनतालाई भ्रममा पारेर भोटका लागि तुच्छ कार्य गरिरहेका छन् ।” देशको माया हुनेले देश र सरकारलाई बल पुग्ने काम गर्छन् की राष्ट्रियता सङ्कटमा परेको बेलामा जथाभावी बोल्छन् भन्दै उहाँले प्रश्न गर्नुभयो ।

जनताको काममा कुनै पनि बहानामा ढिलासुस्ती गर्न नहुने भन्दै मन्त्री अर्यालले समयमै काम सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । सबै क्षेत्रमा सरकारका कामले गति लिएको अवस्थामा मात्रै ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने सरकारको नाराले सार्थकता पाउने उहाँले बताउनुभयो । मन्त्री अर्यालले वर्तमान सरकार जनताका अपेक्षा पूरा गर्न सक्रिय रहेको बताउनुभयो । भारत र चीनसगँ जोडिएका सबै ठाउँमा समस्या एउटै रहेको बताउँदै उहाँले सरकार कूटनीतिक समाधानको प्रयासमा रहेको बताउनुभयो । यसैबीच आजै मन्त्री अर्यालले वालिङस्थित फूलबारी बचत तथा ऋण सहकारी संस्थाको छैटौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको उद्घाटन गर्दै सरकार सहकारीलाई मर्ज गरेर व्यवस्थित रुपमा अगाडि बढाउने योजनाका साथ लागिपरेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com