नेपालमा विदेशि चुईङगमको आयत बढ्दो, नेपाली उधोगको लगानी डुब्दै




विरगंज , १० मंसिर ।  बिदेशबाट बढी मात्रामा चुईङगम नेपाल भित्रिन थालेपछी नेपाली उधोगहरु मारमा पर्न थालेकाछन । नेपालमा बिदेशबाट ठूलो मात्रामा चुईङगमहरु भित्रिन थालेपछी नेपालको चुईङगम उधोग धरापमा पर्नुको साथ साथै बार्षिक अरवौ रुपैया बिदेशिने गरेको छ ।
छिमेकी मुलुक भारत र चिन लगायत करिव ९ वटा राष्ट्रबाट नेपालमा चुईङगम भित्रिन थालेपछी नेपालमा रहेको करिव ५ वटा चुईङगम उधोगहरु बन्द हुने अवस्थामा पुग्न थालेकाछन ।

अहिले नेपालमा विदेशहरुबाट नेपाल भित्रिने चुईङगमहरु भन्दा नेपाली चुईङगम उधोगहरुले करहरु पनी बढी तिर्ने गरेको र नेपालमा बिदेशबाट चुईङगमहरु आयात बढन थालेपछी नेपालको पैसा बिदेशिन थालेकोमा उधोगीहरुले चिन्ता ब्यक्त गर्न थालेकाछन ।

नेपालमा रहेको चुईङगम उधोगहरुले घाटा सहेर भएपनी नेपालीहरुलाई चुईङगमको राम्रो स्वादको बजारमा उत्पादन गरी दिदै आएपनी अहिले नेपालीहरुले नै बिदेशबाट चुईङगम भारी मात्रामा आयात गरेपछी नेपाली ब्रान्डका चुईङगम उधोगहरु मार्कामा पर्न थालेकाछन । नेपाली चुईङगमहरुले बिदेशी चुईङगमहरु संग प्रतिस्पर्दा गर्न नसकेपनी बिदेशी ब्रान्डको भन्दा सस्तो र स्वादिष्ठ हुने गरेको उधोगीहरु बताउछन । भारत, बंगलादेश, दक्षिण कोरिया, चिन, साउदीअरव, यु एस, युके, बेलजियम, थाईलैण्ड गरी करिव ९ राष्ट्रहरुबाट नेपालमा अहिले चुईङगमहरु भारी मात्रामा आयात भै रहेको छ । नेपाल सरकारको तथ्याङकले देखाएको अनुसार २००८ मा २० करोड रुपैया बराबर बिदेशी चुईङगमहरु नेपालमा आयात हुन्थ्यो भने अहिले झण्डै २०१८ सम्ममा ७० करोड रुपैयाको नेपालमा चुईङगम आयात हुने गरेको भन्सार बिभागको तथ्याङकले देखाएको छ ।

एकातिर बिदेशबाट दैनिक चुईङगमहरु नेपालमा बढदो मात्रामा भित्री रहेको छ भने अर्को तिर नेपालको ५ ठाउमा रहेको बीरगंजमा २ वटा, बिराटनगरमा १ वटा, बनेपामा १ र पोखरामा गरी जम्मा ५ वटा चुईङगमहरुको उधोग संचालनमा रहेपनी बिदेशबाट भित्रिएको कारण यी उधोगहरु बिदेशी उधोगहरु संग प्रतिस्पर्दा गर्न नसकदा बन्द हुने अवस्थामा पुग्न थालेकाछन । भन्सार बिभागको तथ्यांकअनुसार गत बर्ष नेपालले २१ लाख४७ हजार ९१७ किलो चुइङम आयात गरेको थियो । उक्त आयातका लागि ७१ करोड ८६ लाख ९४ हजार रुपैयाँ बाहिरिएको बिभागले जनाएको छ ।

१२ करोडको चुईङम आयातबाट राज्यले भने ९ करोड २६ लाख राजशव आर्जन गरेको छ। उक्त परिमाणको चुईङ्गमा आयात हुँदा सरकारले भने ४३ करोड ९० लाख २० रुपैयाँ राजशव आर्जन गरेको थियो । सरकारले आयात न्यूनीकरणका लागि काम गरिरहेकको बताएको छ। तर आफ्नो देशमा उत्पादन नहुने र अती आवशयक पनि नरेहेको चुइङगम जस्तो वस्तुको आयातलाई निरुत्साहित गर्न सकेको छैन। यो आर्थिक बर्ष पनि चुईङगम ्आयात उस्तै छ।चालु आर्थिक बर्षको तीन महिनामा नेपालले ४ लाख २७ हजार ३६० किलो चुईङम किनिसकेको छ। चुईङगम किन्नमा मात्रै तीन महिनामा १२ करोड ७६ लाख ८४ हजार रुपैया मुलुकबाट बाहिरिएको तथ्यांक बाट देखिन्छ ।१२ करोडको चुईङगम आयातबाट राज्यले भने ९ करोड २६ लाख राजशव आर्जन गरेको छ।

भन्सार बिभाग विवरणअनुसार आर्थिक बर्ष २०७४ र २०७५ मा २ लाख ४९ हजार ३०८ किलो चुईङगम आयात भएको थियो। उक्त आयातको लागि ७ करोड ८६ लाख ४६ हजार रुपया नेपाल बाट बाहिरिएको थियो ।यस्तै आरर्थिक बर्ष २०७३ र ७४ मा ३६ करोड ८० लाख ५९ हजारको १२ लाख २९ हजार ४८३ किलो चुईङगम आयात भएको थियो ।

यस्तै आर्थिक बर्ष ०७२ र ७३ मा १५ लाख ८४ हजार ७ सय ८७ कोलो चुईङगम नेपालमा आयात भएको थियो।यसका लागि झणडै ३५ करोड रुपैया बाहिरिएको थियो ।यस्तै आर्थिक बर्ष २०७१ र ०७२ मा १५ लाख १४ हजार ४५३ किलो चुईङगम नेपालमा आयात भएको थियो।यसका लागि ४१ करोड ९१ लाख २६ हजार रुपैया मुलु मुलुकबाट बाहिरिएको थियो। नेपालमा अमेरिकादैखि ब्राजिलसम्मका चुईङ्गम भित्रिने गरेको भन्सार विभागले जनाएको छ ।

नेपालमा आउने चुईङ्गम ठुलो हिस्सा भारतलेनै ओगटे पनि यूरोपको अष्िट्रया , टर्की देखि बहराईन ,बंगलादेश , ब्राजिल , चीन , जर्मनी , दक्षिण कोरिया , मेलेसिया , थाईल्याणड , र बेलायतबाट नेपाल मा चुईङ्गम भित्रिएको छ ।

जसरी राज्यले बिदेशबाट आयात हुने सम्पुर्ण पेयपदार्थहरु जुशहरु आयातमा प्रतिबन्द लगाएर सराहनिय कार्य गरेको छ । त्यसैगरी नेपाली उधोगहरु बन्द हुने अवस्थामा पुगेको चुईङगम उधोगहरु जुन कुनै मानिसहरुलाई खासै आवश्यक नभएको बस्तुहरु भएकोले यस्तो बिदेशबाट भित्रिने चुईङगमहरुलाई पनी समय मै प्रतीबन्ध लगाएर नेपाली यस्ता उधोगहरुलाई सरकारले बन्द हुनबाट जोगाउन आवश्यक देखिएको छ । नेपाली उद्योगहरुले विदेशी उद्योगहरु संग प्रतिस्प्रर्धा गर्न नसक्ने रहेका छन् भने उनिहरुले नेपाल सरकारलाई विदेशबाट आयतीत चुईगमको भन्दा धेरै कर बुझाउनु पर्ने बाँध्यता भएकोले नेपाली उद्योग बन्द हुने अवस्थामा पुगेको लगानी कर्ताको गुनासो रहेको छ ।

    Comment Here!


सम्बन्धित समाचार

View All