काठमाडौं, कात्तिक १३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार एक घोषणा गरे, अमेरिकी स्पेशल फोर्सले सिरियामा छापा मार्ने क्रममा इस्लामिक स्टेटका प्रमुख अबु बक्र अल बग्दादीले आत्मघाती विस्फोट गराएर आफैंलाई मारे । उनका अनुसार शनिबार हेलिकप्टर एक अज्ञात स्थानबाट अमेरिकी स्पेशल फोर्सलाई लिएर साँझ ५ बजे बाशिङ्टनबाट उडेको थियो । त्यसबेला ट्रम्प हृवाइट हाउसको सिचुएशन रुपमा अन्य नेताहरुसँगै थिए । हेलिकप्टर एक घन्टा १० मिनेटसम्म दुवै दिशाको आकासमा रहृयो, जबकी अपरेशन दुई घन्टासम्म चल्यो । इदलिब सिरियाली राष्ट्रपति बसर अल असदका विरोधीहरुको पकड भएको अन्तिम किल्ला हो ।
अमेरिकी हेलिकप्टर टर्कीको आकास हुँदै गयो, सिरियाली र रुसी सेनाको नियन्त्रणको क्षेत्र पनि पार गर्यो । अमेरिकी अपरेशनबारे रुसलाई जानकारी नभएको तर उसले आफ्ना हेलिकप्टरहरुलाई जान दिएको भन्दै ट्रम्पले भने, ‘रुसले सहयोग नै गर्यो ।’ जब हेलिकप्टर बग्दादी रहेको क्षेत्रमा पुग्यो, तब गोलाबारी सुरु भयो । यसलाई समाप्त पार्न हामीलाई धेरै बेर लागेन ।’ उनले भने । बरिशा गाउँका एक व्यक्तिले बीबीसीलाई भने, ‘जमिनमा बस्नुअघि हेलिकप्टरबाट ३० मिनेटसम्म गोलाबारी भयो । हेलिकप्टरबाट दुई घरमा मिसाइल पनि हानियो । एउटा घर पूरै ध्वस्त भयो ।’ ट्रम्पका अनुसार बारिशा गाउँमा पहिले एउटा हेलिकप्टर ल्याण्ड भयो । अमेरिकी स्पेशल फोर्सका जवानहरु बगदादी रहेको परिसरको पर्खालमा बसे ताकि मूल ढोकामा फस्नबाट बचियोस् । त्यसपछि अपरेशन सुरु भयो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले भने, ‘पहिले पुरै कम्पाउण्ड खाली गरियो, या त आत्मसमर्पण गरुन् या मारिउन् । ११ बच्चालाई बाहिर निकालियो । त्यसपछि सुरुङमा बग्दादी मात्र रहे । बग्दादी सुरुङमा भाग्न लागे, तर त्यो सुरुङमा बाहिर निस्कने बाटो थिएन । त्यसक्रममा बग्दादी निकै रोएका थिए ।
ट्रम्पले भने, ‘उनी सुरुङको अन्तिम किनारामा पुगे । हाम्रो कुकुरले उनलाई पछ्याइरहेको थियो । आखिरमा उनी खसे र कम्मरमा बाँधेको विस्फोटकमा आफू र सँगै लगेका तीन बच्चालाई उडाए । विस्फोटका कारण उनको शरीर टुक्राटुक्रा भएको थियो । सुरुङ पनि क्षगिग्रस्त भयो ।’
ट्रम्पले भने, ‘१५ मिनेटभित्रै बग्दादी मारिए ।’
राष्ट्रपति ट्रम्पले भनेका छन् जो व्यक्तिले आफूलाई आत्मघाती विस्फोट गराए, उनको शरीरको अवशेषको तत्काल डीएनए जाँच गरिएको थियो, र त्यसबाट मृतक बग्दादी नै भएको पुष्टि भएको छ । अमेरिकी स्पेशल फोर्ससँगै विज्ञ पनि रहेको र उनीहरुले नै डीएनए टेष्ट गरेका थिए । विज्ञ टिमले उनको शरीरको केही भाग पनि ल्याएका छन् । यद्यपि अहिलेसम्म बग्दादीको मृत्यु भएको स्वतन्त्र पुष्टि भएको छैन । यो अपरेशनका क्रममा अमेरिकी स्पेशल फोर्सलाई कुनै क्षति नभएको राष्ट्रपति ट्रम्पले बताए । यद्यपि बग्दादीलाई पछ्याउने क्रममा अमेरिकी सेनाका एक कुकर घाइते भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्