ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लिम्वूवानमा निशान प्रर्दशन


admin


सुनसरी । विजया दशमीको नवौ दिन महानवमीको दिन पुर्वको लिम्वूवानमा निशान निकाल्ने र प्रर्दशन गर्ने गरिन्छ । दशैको महानवामीको दिन पुर्वी लिम्वूवान धनकुटा जिल्लाको छथर ताङखुवाको मौलो डाडामा दुईवटा निशान विषेश ध्वजा पतकाले सजाएर पुजा गरी प्रर्दशन गर्ने गरिन्छ । छथर ताङखुवामा रहेको दुईवटा निशान त्यहा बसोवास गर्ने खजुम पारघरी लिम्वू र खजुम चोङबाङले आ आफनो जिम्मामा मन्दिर बनाई हरेक वर्ष नौरथा सुरु भए देखि विषेश पुजा आज गरी नवामीको दिन निशान सार्वजानिक गर्ने गरिन्छ । पारघरी खजुम लिम्बूहरुको यो पटक माईलो जिम्मा गेन्द्र सुव्वा जिम्माको पुजा गर्ने पालो परेको छथर जोरपाटी गाउपालिकाका अध्यक्ष सेरबहादुर लिम्वूले बताए । छथर ताङखुवामा रहेको दुई वटा निशान संगै पुराना हात हतियारहरु पनि प्रर्दशन गर्ने गरिन्छ । यसैगरी अर्काे निशान लिम्वूवानको तेह्रथुम जिल्ला छथर गाउपालिका अन्र्तगत सुदापमा पनि रहेको छ । यहा पनि खेवा जातिको लिम्वू सुव्वाहरुले विषेश पुजा आज गर्ने गर्दछन् । यहा पनि नवामीको दिन निशान निकाल्ने र प्रर्दशन गरिन्छ । यसैगरी उता पाचथरको याङवारकमा पनि त्यहाका योङहाङ लिम्वूहरुले श्रीजंगा नामको निशान निकाल्ने गर्दछन् भने अर्काे सिरिकम्फु निशान पनि निकाल्ने गरिन्छ । पाचथरको याङवारकमा विषेश निशान मेला लाग्ने गर्दछ । यहा भने निशान नचाईने तिलविक्रम योङहाङले बताए । पुर्वको लिम्वूवानमा यी निशानहरु परापुर्वकाल देखि रहिआएको बताईन्छ । निशान संगै रहेका लालमोहरहरु अध्यायन गर्दा सेनकाल भन्दा अघि देखिको बुझिन्छ । लिम्वूवानमा रहेका निशानहरु अरु जातिले पुजा गर्देनन् र प्रर्दशन गर्देनन् । लिम्वू सुव्वाहरुले मात्रै पुजा आज गर्ने गर्दछन् ।


लिम्वूवानमा काहा काहा निशान छन ?

पुर्वको मुख्य ऐतिहासिक गौडा मानिएको धनकुटामा ९ वटा निशान छन् । ती ९ वटा निशानलाई हरेक वर्षको दशैको सप्तमी तिथि अर्थात फुलपातीको दिन प्रर्दशन गरिन्छ । विभिन्न पुराना हात हतियार सहित धनकुटाकोे निशान देवी मन्दिरवाट विषेश पुजा आज गरी नेपाली सेना र प्रहरीको सलामी पछि धनकुटाको टुडीखेलमा पु¥याएर पुजा आजा गर्ने गरिन्छ । धनकुटामा रहेका ९ वटा निशान मध्ये एउटा जंगी निशान, श्रीजंग पल्टनका ४ वटा, ईन्द्रध्वज गणका ४ गरी जम्मा ९ वटा रहेका छन् । श्रीजंग पल्टन अहिले नेपालको रामेछाममा छ भने ईन्द्रध्वज गण झापामा रहेको छ । यसरी पुर्वको लिम्वूवानमा हुने युद्धहरुमा आँउदा यी निशानहरु धनकुटा ल्याईपु¥याएको बताईन्छ । यसैगरी धनकुटाकै छथर, पान्थरका सुव्वाहरु संग अझै पनि निशानहरु छन् । जस अनुसार धनकुटा जिल्लाको छथर जोरपाटी गाउपालिका ३ ताङखुवामा २ वटा निशान नगरा, हातहतियार सहितका छन् । यस्तै अर्काे निशान लिम्वूवानकै छथर क्षेत्र अन्र्तगत तेह्रथुम जिल्लाको छथर गाउपालिकाको वडानं. ६ सुदापमा पुराना हात हतियार र नगरा सहितको निशान छ । सो निशान खेवा मादेन लिम्वूहरु संग रहेको छ ।

त्यसैगरी अर्काे सोही गाउपालिकाको वडानं ५ ओख्रेको निशान घरमा पनि छ । त्यहा पनि नगरा, पुराना हात हतियार अनि तोप सहितको निशान रहेको छ । यो निसान खेवा तूम्वा लिम्वू संग छ । यस्तै अर्काे निशान लिम्वूवानको पान्थर थुम हालको पाँँचथर जिल्लामा पनि छ । पाँचथरमा पनि योङहाङ लिम्वूहरुले हरेक वर्षको नवमीकै दिन प्रर्दशन गर्ने गर्दछन् । यहाँ भने निशान प्रर्दशन गरिनुका साथै नचाउने गरिन्छ । वि सं १९४० सालमा चैनपुरवाट रणोद्धीपसिं राणाको पालामा धनकुटा लिम्वूवान हेर्ने गौडा सरे पछि वि सं १९४२ साल देखि निशानको पुजाआजा गर्न थालिएको वताईन्छ । विभिन्न शक्तिकोरुपमा मानिने निशान पुर्वी लिम्वूवानमा करिव १५ वटा छन् । लिम्वूवानमा रहेका सवै निशानहरु श्रीजंग पल्टनका निशानहरु हुन् भन्ने गरिन्छ ।


लिम्वूहरुको दशै हैनः

लिम्वूवानका लिम्वूवुढापाकाहरुका अनुसार पहिले दशै लिम्वूहरुले मान्दैन थिए । लिम्वूहरु आफनो मौलिक चाड पर्वहरु मान्ने गर्दथे । वि सं १८३१ पछि लिम्वूहरुलाई दशै चाड मान्न लगाईएको विभिन्न लिम्वूवानमा पाईने पुराना कागजपत्रहरुमा उल्लेख छ । पुर्वमा वसोवास गर्ने किरात लिम्वूहरुले दशै नमान्दा गोरखा राजावाट विभिन्न कार्वाहीहरु हुने भएकोले दशै पर्व लिम्वूहरुलाई जवरजस्ती मान्न लगाईएको पुराना कागजातमा उल्लेख गरेको पाईन्छ ।

वि स १८३१ सालमा लिम्वूवान गोरखाका शाह राजाले षडयन्त्रपुर्वक लिम्वूहरुसंग सम्झौता गरी अरुण कोशी पुर्वको लिम्वूवान भु–भाग माथि अधिकार जमाए । त्यस पछि लिम्वूवानका विभिन्न क्षेत्रहरुमा आफनो किल्ला निर्माण गर्न सुरु ग-यो । लिम्वूवान युद्ध गरेर जित्न नसकेपछि लिम्वूवानको जल, जंगल जमिन, जडिवुटी खोलाको तितेमाछा, भीरमौरी आदि तिमीहरुकै हो भनि झुक्याएर सम्झौता गरे । त्यस पछि विस्तारै लिम्वूवानमा गोरखाको शासन वढदै गयो । यही क्रममा गोरखाले लिम्वूवानका लिम्वूहरुलाई दशै मान्न लगाईएको वताईन्छ । यसरी लिम्वूहरुलाई दशै मनाउन लगाउदा नमान्नेहरुलाई विषेश सुराकी गरी कार्वाही गर्ने गरिन्थ्यो । अनिवार्य घरमा लिपपोत गरी दशैमा मार हानेको चिनो लगाउनुपर्नै हुन्थ्यो । जस अनुसार घरका भित्ताहरुमा रगतको पैताला, र हातको पन्जाको छाप लगाउनुपर्ने उर्दि जारी गरि लिम्वूहरुलाई अनिवार्य दशै मनाउन लगाईएको पुराना लेखोटहरुमा उल्लेख छन् ।

वि सं १८४३ मा रणवहादुर शाहले लिम्वूहरुलाई दशै अनिवार्य मान्नु भनि लालमोहर दिए । लालमोहर लिम्वूवानका लिम्वूहरुलाई दिएपछि वि सं १८४८ सालमा पुर्वमा वसोवास गर्ने लिम्वूहरुमा दशै मान्ने नमान्ने विवाद नै भयो । वि सं १८४८ पछि लिम्वूवानका लिम्वूहरुलाई दशै मान्न वाध्य वनाईयो । यदि दशै नमाने लिम्वूहरुलाई सुव्वाङगी र किपट खोस्ने जस्ता कार्य शाह राजाहरुले गर्न थाले । विस्तारै लिम्वूहरुको परम्परागत चाडवाड भन्दा वढी दशै मान्ने उर्दी जारी भयो । वि सं १८४८ साल पछि लिम्वूवानका सुव्वा, कार्वारी र जिम्मावालहरुले अनिवार्य नौ दुर्गा भवानीको पुजा आजा गर्नुपर्ने , दशै मान्नका लागि घर लिपपोत गर्नुपर्ने र नयाँ लिपपोत गरेको घरको भित्तामा अनिवार्य वलि दिएको खसी वोका, परेवा, राँगा, सुगुरको रगतमा हात तथा पैताला डुवाई छाप हान्नुपर्ने उर्दि जारी भयो । दशै सकिए पछि कार्तिक महिनामा लिम्वूवानमा वसोवास गर्ने लिम्वूहरुले दशै माने की मानेन् भनेर फेरीवाला जोगीको भेषमा जय गोरखनाथ भन्दै जासुस गर्न शाह राजाले पठाउँथे । लिम्वूवानको गाँउ गाँउ जोगीको भेषमा पुगेका गोरखनाथहरुले गरेको रिपोर्टिङको आधारमा लिम्वूहरु कार्वाहीको भागिदार वन्नु पथ्र्यो ।

विशेष गरेर वाली भित्रयाउने समयमा लिम्वूहरुले चासोक न्वागीपुजा गर्दथे । त्यस्तै वाली लगाउने समयमा यक्वापुजा गर्ने गर्दथे । नयाँ वर्षकोरुपमा माघेसंक्रान्ती कक्फेक्वा तङ्नाम मान्ने र साउने संक्रान्तीलाई सिसेक्पा तङ्नाम मान्ने गर्दथे । तर पछिल्लो समय दशै सवै लिम्वूहरुले मनाउन थाले । दशैमा लिम्वू छोरी चेलीहरु माईत आउने र विषेश कोसेली सुगुर बोकेर आउनुपर्नै प्रथा पनि सुरु भयो । अहिले त्यो प्रथा विस्तारै हराउदै गईरहेको छ । पछिल्लो समय लिम्वू जातिको दशै पर्व होईन भनेर भन्न थालेका छन् । तर पनि सदभावकोरुपमा दशै मान्ने भने गर्छन ।

दशै नमान्दा मृत्यूदण्ड : 
शाह राजाहरुले पुर्व लिम्वूवानमा वसोवास गर्नेहरुलाई अनिवार्य दशै मान्नुपर्ने उर्दि जारी गरे पछि धनकुटाको आसपासमा वसोवास गर्ने अठप्रे (आठपरीय) जातिहरुले दशै नमान्दा दुई जनालाई मृत्यूदण्ड दिईएको थियो । जंगवहादुर राणा प्रधानमन्त्री भएको समयमा दिईएको यो मृत्यूदण्डमा आठप्रे नाम्रीहाङ र रिदमा नाम गरेका दुई पुजारीलाई झुण्डाएर मारिएको हो । आठपरीया जातिहरु अहिले पनि दशै मान्दैनन् । उनीहरु वाली भित्रयाउने समयमा (कात्तिके पुर्णिमा) मा वाडाङमेट चाड मान्ने गर्दछन् ।

उनीहरुले यो चाडमा आठप्रेहरुको घरघरमा पुगी च्यावु्रङ नाच्दै यस्तो गीत गाउने गर्दछन् ।
जस्तै :
सिपैले माग्यो सुनै पगरी‘..
राजाले दियो कालो पगरी‘.
भावी कर्मले यस्तै लेख्यो ‘..
यही पगरीले खायो ज्यान ……….
यसरी पुर्वमा वसोवास गर्ने आदिवासी लिम्वूले मात्रै होईन धेरै जसो जनजातिहरुले पहिला दशै मान्दैन थिए । तर पछि जर्वजस्ती शाहवंसिय राजाले दशै पर्व मान्न भनी लगाएको उर्दीको कारण मान्न थालेका हुन् । अहिले भने सामाजिक सदभाव र भाईचाराको सम्वन्ध विस्तारका लागि पनि सवै पर्वहरुमा एकापसमा सम्मान र सदभाव कायम गर्ने कार्यको थलानी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com