ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दिल्लीमा ठूलो आतंकवादी आक्रमणको योजनाको आशंका, उच्च सुरक्षा सतर्कता


एबीसी न्यूज
आश्विन १६, २०७६ बिहीबार  ३ : ०४ बजे


भारत, १६ असोज  । भारतको राजधानी नयाँ दिल्लीमा नवरात्र र रामलीला पर्वको उत्सव चलिरहँदा आतंकवादी संगठन जैश–ए–मोहम्मदका तीन–चार जना लडाकु घुसेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यो खबरपछि नयाँ दिल्ली र राष्ट्रिय राजधानी क्षेत्र (एनआरसी) मा सुरक्षा व्यवस्था थप बलियो बनाइएको छ । दिल्ली पुलिसले आतंकवादी घुसेको जानकारी पाउनसाथ छापा मार्न सुरु गरेको छ । आतंकवादी हमला हुनसक्ने आशंका पनि जनाइएको छ ।

जम्मू–कश्मीर र पञ्जाबको वायुसेना बेस क्याम्पमा पहिलेदेखि नै आत‌ंकवादी संगठनले आत्मघाती आक्रमणको चेतावनी दिएका छन् । अमृतसर र पठानकोट एअरबेसमा पनि सुरक्षा बल परिचालन गरिएको छ ।

भारतीय सञ्चारमाध्यम इण्डिया टुडेको रिपोर्टअनुसार जासुसी एजेन्सीहरुले जैशका ८ देखि १० आतंकवादीहरु आत्मघाती हमलाको तयारीको लागि घुमिरहेको चेतावनी दिएका थिए ।

श्रीनगर, जम्मू, अवन्तीपुर, पठानकोट र हिन्डन एअरबेसमा अरेन्ज अलर्ट जारी गरिएको छ । रेड अलर्टपछि अरेन्ज अलर्ट दोस्रो सबैभन्दा ठूलो अलर्ट हो ।

केही दिनअघि मात्र हरियाणाबाट जैश(ए(मोहम्मदका केही आतंकवादीहरु पक्राउ परेका थिए । जम्मू(कश्मीरको पुलवामा जिल्लामा गएको फेब्रुअरीमा भएको आक्रमणपछि आतंकवादी संगठन लगातार भारतीय सीमामा घुस्ने प्रयास गर्दै आइरहेका छन् ।

उत्तर प्रदेशका केही ठाउँमा पनि संदिग्ध आतंकवादीहरु घुमिरहेको खबरहरु प्रकाशित भएका छन् । ती क्षेत्रहरुमा प्रहरीले लगातार छापा मारिरहेको छ । सहारनपुर, बुलन्दशहर, अमरोहा, अलीगढ जस्ता शहरका कैँयौ क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

ट्रम्पद्वारा युरोपेली गाडीहरूमा कर बढाउने घोषणा: व्यापार युद्धको खतरा

सम्बन्धित

बल्खु, बंशीघाट र शंखमुलमा डोजर चल्दा १४१४ नागरिक विस्थापित

डोजरले छानो ढाल्यो, खोलाले जीवन बगायो : बल्खु र विष्णुमतीको सुकुमबासी पीडा

ट्रम्पद्वारा युरोपेली गाडीहरूमा कर बढाउने घोषणा: व्यापार युद्धको खतरा

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com