ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अब बिदाको दिनमा पनि बजार अनुगमन


एबीसी न्यूज
आश्विन १६, २०७६ बिहीबार  २ : ५५ बजे

काठमाडौं, १६ असोज । सरकारले बिदाको दिनमा पनि बजार अनुगमन गर्ने भएको छ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सार्वजनिक बिदाका दिनमा समेत नियमित बजार अनुगमन हुने जानकारी दिँदै कुनै समस्या भएमा, ठगी भएको र कानूनविपरीतको कार्य भए प्रहरीलाई खबर गर्न सर्वसाधारणलाई आग्रह गर्नुभएको छ ।

उहाँले यात्रुलाई सहयोगका लागि सहायताकक्ष बनाएर सेवा दिँदै आएको समेत बताउनुभएको छ । केही गुनासो भएमा देशैभरि प्रहरीको १००, उपत्यकाको १०३, सशस्त्र प्रहरीको १११४ नम्बरमा फोन गरेर जानकारी गराउन गृह मन्त्रालयले विज्ञप्ति जारी गरी जनाएको छ ।
आपसी सद्भाव, मित्रता अभिवृद्धि गर्ने गरी सांस्कृतिक मान्यताअनुसार चाडपर्व मनाउन आग्रह गर्दै मन्त्रालयले चाडपर्व लक्षित सुरक्षा योजना बनाएर कार्यान्वयन गरिएको सूचनामार्फत जनाएको छ ।

मन्त्रालयले यातायात व्यवसायी, थोक तथा खुद्रा विक्रेतालाई आम उपभोक्ताको सेवा पु¥याउन अनुरोध गरेको छ । अनुचित फाइदा लिने मनसायले ठगी गर्ने, कानून मिच्ने, गुणस्तरहीन सामान बिक्री गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेलाई कानूनअनुसार कारवाही गर्ने मन्त्रालयले चेतावनी दिएको छ ।

दिपावली र छठका अवसरमा प्रयोग हुने पटाका, आतिसबाजीजस्ता विष्फोटक पदार्थका कारण सर्वसाधारणको स्वास्थ्य तथा सुरक्षामा प्रतिकूल असर पुग्ने र चोटपटक तथा आगलागीसमेत हुने भएकाले यस्ता विष्फोटक पदार्थको प्रयोग नगर्न आग्रह गर्दै बेचबिखन र प्रयोग गरेको पाइएमा कारवाही गर्ने मन्त्रालयद्वारा बुधबार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

फिर्ता भएको अध्यादेश पुनः अघि बढाउने सरकारको निर्णय, संवैधानिक बहस चर्कियो

संविधान संशोधन बहस सघन, न्यायपालिका सुधारबारे विज्ञहरूबीच मतभेद

सम्बन्धित

सरकारले फेरि भन्यो– लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने बाटोमा पर्ने भू–भाग हाम्रै हो

फिर्ता भएको अध्यादेश पुनः अघि बढाउने सरकारको निर्णय, संवैधानिक बहस चर्कियो

संविधान संशोधन बहस सघन, न्यायपालिका सुधारबारे विज्ञहरूबीच मतभेद

मन्त्रालय गाभिने खाका आज मन्त्रिपरिषद्‌मा पेस हुँदै

केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

लिपुलेकबारे नेपालको दाबी भारतद्वारा अस्वीकार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com