काठमाडौं १४ असोज । भामुख कृष्णबहादुर महराले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ । उहाँले उपसभामुख डा शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा बुझाउनुभएको हो ।
राजीनामापत्रमा उहाँले भन्नुभएको छ, ‘‘हिजो(सोमबार)देखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबीनको लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजैका मितिदेखि छानबीन प्रक्रिया नसकिँदासम्म लागि राजीनामा दिएको छु ।’’
महराकै सचिवालयमा कार्यरत एकजना नर्स महिला कर्मचारीले बलात्कारको आरोप लगाएपछि आकस्मिक बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले महरालाई सभामुख र सांसद पदबाट राजीनामा गरेर छानबिनमा सहयोग गर्न निर्देशन दिएको हो ।
नेकपाको सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले छानविनमा सहयोग गर्नका लागि सभामुख महरालाई सभामुख र सांसद दुवैपद्बाट राजीनामा दिन सुझाब दिएको बताए ।
संसद सचिवालयमा काजमा काम गर्ने एक कर्मचारीले सोमबार विभिन्न सञ्चारमाध्यम मार्फत सभामुख महराले आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन् । ती आफ्नै निवासमा आइतबार राती आएर महराले बलात्कार गरेको दावी गरेकी छन् ।ती महिलासंग महराको २०४८ ससालदेखि नै अवैध सम्वन्ध रहेको उनले दावी गरेकी छिन् ।
प्रतिक्रिया दिनुहोस्