ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालीको एकता र सद्भावलाई कसिलो बनाउँछ– मन्त्री कार्की


एबीसी न्यूज
आश्विन ८, २०७६ बुधबार  ८ : १० बजे

काठमाडौं, ८ असोज । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले नेपालीको एकता र सद्भावलाई कसिलो बनाउन चाडपर्वले योगदान दिएको बताउनुभएको छ । प्रदेश नं १ प्रदेशसभाको आज बसेको बैठकमा मन्त्री कार्कीले यस प्रदेशमा कानून निर्माणमा उल्लेखनीय काम भएको प्रष्ट पार्नुभयो ।

उहाँले निर्माण भएका कानूनबाट प्रदेशको विकास र समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने दाबी गर्दै प्रदेश सरकारले सहमति र सहकार्यको बाटो रोजेको बताउनुभयो । मन्त्री कार्कीले विगतमा कानून, संरचना र कर्मचारीको अभावले गर्दा आशातित उपलब्धि हासिल गर्न नसकेपछि चालू आर्थिक वर्षमा सरकारले उल्लेखनीय प्रगति हासिल गर्ने उद्देश्यका साथ काम गरिरहेको धारणा राख्नुभयो । ‘‘प्रदेश सरकारले संसद्को सर्वोच्चतालाई कायम गर्दै जनशक्ति र अनुभवको अभ्यासबाट प्रदेशलाई समुन्नत बनाउने सरकारको सङ्कल्प छ’’, मन्त्री कार्कीले भन्नुभयो ।

नेपाली काङ्ग्रेस प्रदेश संसदीय दलका नेता राजीव कोइरालाले सरकारले कानून निर्माण गरेसँगै अनुगमनको पाटोलाई विशेष ध्यान दिनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले सरकारले आफ्नो हितमा मात्र नभएर सबैको हितमा काम गर्न सुझाव दिँदै नेपालीका महान् चाड दशैँका अवसरमा सबैलाई शुभकामना दिनुभयो ।

सङ्घीय समाजवादी फोरम नेपालका जयराम यादवले बजेट वितरण गर्ने प्रणालीमा सरकारले सुधार गर्नुपर्ने सुझाव दिँदै चाडपर्वका अवसरमा विराटनगर महानगरपालिकाको अवस्था नाजुक भएकाले सरकारको ध्यान जानुपर्ने कुरामा जोड दिनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका इन्दिरा राईले प्रदेश सरकारले साना दललाई पनि सम्मान दिएकाले प्रदेश सरकारलाई धन्यवाद दिँदै बडा दशैँको शुभ अवसरमा सबैको सुख शान्तिको कामना गर्नुभयो । संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फबाट प्रदेशसभा सदस्य विष्णु तुम्बाहाम्फेले सरकारको नारा मीठो र रसिलो भएअनुसार काम गर्नुपर्ने तर्क गर्नुभयो । यसअघि प्रदेशसभा नियमावली २०७४ बमोजिम प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिका सभापति सर्वध्वज सावाँ लिम्बूले वार्षिक प्रतिवेदन सदनमा पेश गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

सम्बन्धित

स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर

बल्खु, बंशीघाट र शंखमुलमा डोजर चल्दा १४१४ नागरिक विस्थापित

डोजरले छानो ढाल्यो, खोलाले जीवन बगायो : बल्खु र विष्णुमतीको सुकुमबासी पीडा

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com