ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कालेले मुम्बइमा बसेर नेपाली बैंक तथा वित्तीय संस्था लुट्ने योजना बनाएको खुलाशा


एबीसी न्यूज

काठमाडौं, ८ असोज ।  कृषि विकास बैंकबाट झण्डै ५ करोड रुपैयाँ चोरीमा संलग्न १२ जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखामा टेकुमा पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरूलाई सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेमा ११ नेपाली र १ भारतीय नागरिक छन् । घटनाका मुख्य अभियुक्त भने पक्राउ परेका छैनन् । प्रहरीले लवाङ तामाङ, लक्ष्मी लामा तामाङ, संजय घले, निर्मला तामाङ, निमा तामाङ, पुष्पराज खड्का, विद्यासागर लामिछाने, श्रवणकुमार श्रेष्ठ, सुनिता श्रेष्ठ, शुवन्धर पन्जा, बिजय साह, चन्द्रबहादुर वुढालाई पक्राउ गरेको छ। उनीहरुबाट ४० लाख ५० हजार बरामद भएको छ।

विदेशी नागरिक (काले)भन्ने पिटर ले मुम्बइमा बसेर नेपाली बैंक तथा वित्तीय संस्था लुट्ने योजना बनाएको खुलेको छ।
उनले ५ अर्ब रुपैयाँ लुट्ने योजना बनाएका थिए। उनले प्रणाली ह्याक गरी पैसा लुट्ने योजना बाएका थिए। उनले विभिन्न नागरिकहरुलाई प्रयोग गरी कृषि विकास बैंक, पानस रेमिट, कैलाश विकास बैंक र नबिल बैंक लगायतका विभिन्न संस्थाहरुमा क्रेडिन्सियल ह्याकिङ गरी रकम निकाली रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार, कृषि विकास बैंकबाट हालसम्म ४ करोड ७३ लाख ९६ हजार ह्याक भएको छ। पानस रेमिट नयाँ बानेश्वरबाट १२ लाख ह्याक भएको छ।

पिटलले मुम्बइमा बसी नेपालका मानिसहरुसँग सम्पर्क गरेको भेटिएको छ। उनले भारतमा उनीहरुलाई बोलाइ मिटिङ गर्ने र कमिसन डिल गर्ने गरेको भेटिएको छ। विभिन्न बैंक तथा वित्तीय संस्थाको ह्याक गरेको रकम विभिन्न नेपाली ब्यक्तिहरुको नाममा निकाली १५ देनखि ३५ प्रतिशतसम्म कमिसन दिइ हुन्डिमार्फत बाँकी पैसा भारत लैजाने गरेको फेला परेको छ।

राष्ट्र बैंकले लुटको अध्ययन गर्ने जिम्मा बैंक सुपरिवेक्षण विभागलाई जिम्मा दिएको छ। पक्राउ पर्नेमा बैंकबाट व्यक्तिको खातामा ट्रान्सफर भएको पैसा निकाल्ने तथा निकाल्न सहयोग गर्नेहरू छन् । क–कसको खातामा पैसा ट्रान्सफर भएको थियो भन्ने कुरा प्रहरीले खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com