ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खाद्य वस्तुमा आफूखुशी मूल्य बढाए कारवाही


एबीसी न्यूज

काठमाडौं, ८ असोज । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले चाडपर्वको मौका छोपेर दैनिक उपभोग्य वस्तुको मूल्य बढाएमा उद्योगी व्यवसायीलाई कारवाही गरिने जानकारी दिनुभएको छ । नगरका विभिन्न उद्योगी, व्यवसायी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीसहितको मङ्गलबार आयोजित अन्तरक्रियामा उहाँले सर्वसुलभ मूल्यमा गुणस्तरीय खाद्य वस्तु नगरवासीलाई उपलब्ध गराउन व्यवसायीलाई सुझाव दिनुभयो ।
कालोबजारी सिर्जना गरेर कुनै उद्योगी व्यवसायीले अतिरिक्त लाभ लिन खोजे कानूनअनुसार स्थानीय सरकारले कारवाही गर्ने उहाँले बताउनुभयो । उहाँले भारतबाट मासु तथा मासुजन्य वस्तुको आयातमा नेपाल सरकारले रोक लगाएका कारण त्यसको आयात शून्यमा झार्न स्थानीय प्रहरी, प्रशासन, व्यवसायी सबै एक भएर लाग्न आग्रह गर्नुभयो ।

उपप्रमुख मीना पोखरेल उप्रेतीले चाडपर्वको मौका छोपेर कारोवारीले सर्वसाधारणलाई ठग्ने प्रवृत्ति बढ्ने हुँदा यसलाई निरुत्साहित पार्न स्थानीय सरकारले बजार अनुगमनलाई तीव्र पारेको जानकारी दिनुभयो । उहाँले चाडपर्वका बखत खरीदकर्ताको भीडभाड निक्कै ठूलो हुने भएकाले कारोवारीले हरेक वस्तुमा आफुखुशी मूल्यवृद्घि गर्ने परम्पराको अन्त्य गर्न पनि यस्ता बेलामा अनुगमन बाक्लो हुने गरेको जानकारी गराउनुभयो ।

मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषि तिम्सिनाले हरेक उद्योगी व्यवसायीले आफ्ना फार्म सम्बन्धित कार्यालयमा दर्ता गर्नु पहिलो प्राथमिकता रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com