काठमाडौं, ७ असोज । अचानक काठमाडौंको मुख्य बजार न्युरोडमा एकाबिहानै राँगोले आतंक मच्चाएपछि नियन्त्रणमा लिन नसकेको प्रहरीले गोली चलाएको छ । चाडपर्वको मुखमा अति नै ब्यस्त रहने वजार न्युरोडमा अचानक राँगो आएर आतंक मच्चाएको थियो । तिन जनालाई घाइते बनाएर एउटा ट्याक्सीमा समेत क्षती पुर्याएपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले पनि जिवितै नियन्त्रणमा लिने प्रयास गरेको भएपनि सफल हुन नसकेपछि गोली चलाउनुपरेको जनाएको छ ।
महानगरीय प्रहरी जनसेवा वृत्तका प्रहरी नायब उपरीक्षक बासुदेव खतिवडाले निकै उन्मत्त देखिएको राँगोलाई नियन्त्रणमा लिने प्रयास असफल भएपछि गोली हानेर मारिएको बताए । सोराँगो राति नै न्युरोड आसपासमा आएको स्थानियले थाहा पाएका थिए । तर जब उज्यालो हुँदै गयो सबैलाई जथाभावी हान्न थालेपछि आत्तिएकाहरुले प्रहरी बोलाएका हुन् । प्रहरी र स्थानियले सो राँगो अचानक न्युरोडमा कहाँवाट आयो भन्ने थाहा पाएका छैनन् । प्रहरीले कालिमाटीतिरबाट निस्किएको अनुमान गरेको छ । भारत वा तराईवाट गाडीमा हालेर ल्याएको राँगो काठमाडौं आएपछि गाडीवाट झार्ने क्रममा भागेको हुनसक्ने प्रहरीको अनुमान छ ।
काठमाडौंको लगन हुँदै न्युरोडतिर बढेको राँगोले एकाबिहानै सडकमा मानिसहरूलाई हान्न थालेपछि स्थानीयहरूले प्रहरीलाई खबर गरेका थिए। गोली हानेर मारिएको राँगो प्रहरीले काठमाडौं महानगरपालिकालाई बुझाइएको छ ।
प्रतिक्रिया दिनुहोस्