ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भूमिसम्बन्धी आठौँ संशोधन विधेयक पारित


एबीसी न्यूज
भाद्र ३१, २०७६ मंगलबार  ६ : ३५ बजे

काठमाडौं, ३१ भदौ ।राष्ट्रियसभाको बैठकले बहुचर्चित एवं बहुप्रतिक्षित ‘भूमिसम्बन्धी आठौँ संशोधन विधेयक, २०७६’ लाई बहुमतले पारित ग¥यो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सदनको आजको बैठकमा सो विधेयक प्रस्तुत गर्नुभएको थियो ।

मन्त्री अर्यालले विधेयकमाथिको छलफलमा सांसदले राख्नुभएको जिज्ञासाको जवाफ दिँदै भूमिहीनका समस्या र अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउन विधेयक आएको स्पष्ट पार्नुभयो । उहाँले संविधानको भावनाअनुरूप विधेयक आएको, विधेयक कार्यान्वयनमुखी रहेको, गौचरणलाई विधेयकले संरक्षण गर्ने जानकारी दिनुभयो ।

यसअघि बैठकमा उहाँले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको सो विधेयकमाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृतसमेत भएको थियो । यसअघि सो विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद जितेन्द्रनारायण देवले भूमि व्यवस्थापनका लागि भूमिको हदबन्दी कायम गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो, “तत्कालीन सामन्ती राजाले ल्याएको भूमि ऐन, २०२१ भन्दा वर्तमान सरकारले ल्याएको भूमिसुधार पश्चगामी रहेको छ ।”

अर्का सांसद रामप्रीत पासवानले दलित भूमिहीनको समस्या सम्बोधन गर्न विधेयक मौन रहेको टिप्पणी गर्दै यसलाई सच्याउन माग गर्नुभयो । उहाँले लुकाएर राखेका जमीनलाई खोजेर ल्याउने काम नगरेकोमा आपत्ति प्रकट गर्नुभयो ।सांसद राधेश्याम अधिकारीले जमीनको हदबन्दीसम्बन्धी विधेयकको दफालाई सच्याउन माग गर्नुभयो । सांसद डा विमला राई पौडेलले लामो समयदेखिको भूमिसम्बन्धीको बेथितिलाई अन्त्य गर्न विधेयकले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सांसद अनिता देवकोटाले हदबन्दी बाहिरका जग्गालाई बिक्री वितरण र सट्टापट्टा गर्ने प्रावधानसहितको विधेयकले भूमाफियालाई चलखेल गर्न प्रेरित गर्नेछ भन्नुभयो । सांसद परशुराम मेघी गुरुङले विधेयकले मोही र जग्गाधनीको समस्यालाई हल गर्ने तथा अव्यवस्थित बसोबासीको वर्गीकरण गरी व्यवस्थापन गर्ने प्रबन्धसहितको विधेयक न्यायपूर्ण भएको बताउनुभयो । विधायन व्यवस्थापन समितिका सभापतिसमेत रहुनुभएका सांसद राईले भूमिहीन सुकुम्वासीको समस्या समाधान र अव्यवस्थित बसोबासीलाई वर्गीकरण गरी व्यवस्थापन गर्नेगरी विधेयक आएको हो भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालाजुको बुद्धज्योती विद्यालयमा पनि चल्यो डोजर

दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

सम्बन्धित

स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर

बल्खु, बंशीघाट र शंखमुलमा डोजर चल्दा १४१४ नागरिक विस्थापित

डोजरले छानो ढाल्यो, खोलाले जीवन बगायो : बल्खु र विष्णुमतीको सुकुमबासी पीडा

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com