ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृषिमा आधुनिक प्रविधिले फड्को मार्दै


admin
कार्तिक १५, २०७४ बुधबार  १ : ४६ बजे

पोखरा, १५ कात्तिक ।  ‘आजभन्दा पाँच वर्ष अघिसम्म पनि लेखनाथ क्षेत्रमा खेतीपातीदेखि दाइँ हाल्दासम्म गोरुको अत्याधिक प्रयोग हुन्थ्यो’ स्थानीयवासी बलबहादुर नेपालीले भन्नुभयो ।

पछिल्ला वर्षमा ट््याक्टर नजाने ठाउँमा मात्र गोरुले जोत्ने तथा दाइँ हाल्ने गरिए पनि अधिकांशले खेतीपातीमा ट््याक्टरको प्रयोग गर्न थालेको उहाँले बताउनुभयो ।

कृषिमा आधुनिक प्रविधिको विकास बढ्दो क्रमसँगै लेखनाथको पटनेरी, शिशुवा, मालेपाटन, बागमारालगायतका स्थानमा यतिखेर कृषकले खोतीका लागि ट््याक्टरको प्रयोग गर्न थालेका छन् । खेतीका साथै धान थन्क्याउनका लागि गत वर्षदेखि थ्रेसरको प्रयोग हुनथालेको अर्का कृषक ऋषिराम अधिकारीले बताउनुभयो ।

अघिल्ला वर्षसम्म ट््याक्टरले दाइँ हाल्ने गरेकोमा थ्रेसर भित्रिएसँगै दाइँ हाल्न ट््याक्टरको प्रयोगमा पनि कमी आइसकेको उहाँले बताउनुभयो ।

धान पराल छुट््याइदिने थ्रेसरको प्रयोगसँगै धान भित्र्याउनका लागि जनशक्ति पनि कम लाग्ने गरेको उहाँको भनाइ छ । थ्रेसरको प्रयोग गरेबापत प्रतिघण्टा रु दुई हजार ४०० बुझाउने गरिएको बताउँदै उहाँले वर्षेनी भित्रिएका कृषिका आधुनिक उपकरणका कारण कृषिप्रतिको अनिच्छा कम हुनसक्ने बताउनुभयो ।

“आधुनिक उपकरणको प्रयोगले खर्चको कमीका साथै समयको पनि बचत हुने गरेको छ,” अधिकारीले भन्नुभयो, “आधुनिक उपकरणको प्रयोगमा कृषकलाई अभिप्रेरित गर्न सरकारले अनुदानका कार्यक्रम ल्याउनु आवश्यक छ ।”

कास्कीमा गत वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपर जोन इकाइ कार्यालयमार्फत कृषक समूहलाई लक्षित केही स्थानमा हाते ट््याक्टर लगायतका कृषि उपकरण वितरण गरिएको कृषि अधिकृत इन्द्रमणि लामिछानेले जानकारी दिनुभयो ।

जिल्लाभित्र यस वर्ष धान भित्र्याउने क्रम शुरु भएको जानकारी दिँदै उहाँले हालसम्म कृषकले १० प्रतिशत धान भित्र्याइसकिएको उल्लेख गर्नुभयो । “विशेष गरी आलु लगाउने ठाउँमा लगाइएका मनसुली, र अन्य हाइब्रिड जातका धान कृषकले थन्क्याइसकेका छन्,” उहाँले भन्नुभयो, “जेठोबुढो, पहेँले जस्ता जातका धान भने पाक्ने क्रममा रहेको छ ।”

कास्कीमा पटनेरी, शिशुवा, मालेपाटन, हेमजा, कुँडहर, सार्दीखोला, भलाम, वर्षा, चवादी, छहरालगायतका स्थानमा धान पर्याप्त उत्पादन हुने गर्दछ । विभिन्न उत्पादनशील टारी खेत बाँझा हुनुका साथै पछिल्ला समयमा बढ्दो प्लटिङका कारण खेतीयोग्य जमिन घडेरीमा परिणत बन्दै गएको स्थानीयवासी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेताको घरमा जलेको पैसाको अनुसन्धान हुनुपर्छ : गगन थापा

सर्वोच्चको फैसला कुर्दै कांग्रेस, गगन पक्षले मान्यता पाए औपचारिक विभाजनको संकेत

सम्बन्धित

चीनले कार्ल मार्क्सलाई कसरी बिर्सियो ?

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

सुनको मूल्य एकैदिन १२ हजार ५०० ले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

पेट्रोलमा १५ र डिजेलरमट्टीतेलमा १० रुपैयाँ भाउ बढ्यो

“समस्या क्षमता होइन, संकल्पको अभाव हो” — उपेन्द्र महतो

खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com