काठमाडौँ, २९ भदौ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बाँके घटना सत्तारुढ पार्टीले निर्देशनमा नभएको बताउनुभएको छ । तर नेकपाका कार्यकर्ता संलग्न हुने सक्ने उहाँले स्वीकार गनुभयो । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा कांग्रेस सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री बादलले सत्ताधारी पार्टीले कांग्रेसको कार्यक्रम विथोल्ने निर्णय नगरेको बताउनुभो ।
यो घटना राजनीतिक रुपमा भएको भन्दा देशभरका स्थानीय तहमा शान्ति सुरक्षामा चुनौती उत्पन्न हुनसक्नेतर्फ गृहमन्त्रीले कांग्रेसको ध्यानाकर्षण गराउनुभयो ।
राष्ट्रिय जागरण अभियान अन्तरगत २६ भदौमा बाँकेको खजुरामा कांग्रेसले आयोजना गरेको कार्यक्रममा नेकपा कार्यकर्ताले आक्रमण गर्दा जिल्ला सभापति किरण कोइरालाको हात भाच्चिएको छ भने अरु केही घाइते भएका छन् ।
घटनामा संलग्न भएको आरोपमा निर्मल खत्री, रोशनसिंह ठकुरी र लोकबहादुर शाहीलाई पक्राउ गरेर अनुसन्धान भइरहेको गृहमन्त्री थापाले जानकारी दिनुभयो । उहाँले यस्ता कार्यक्रम आयोजना गर्दा स्थानीय प्रशासनलाई जानकारी दिन पनि आग्रह गर्नुभयो।
प्रतिक्रिया दिनुहोस्