ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यालयलाई रु एक करोडभन्दा बढी सहयोग


admin

बाबियाचौर, म्याग्दी, १५ कात्तिक ।  बेनी नगरपालिका– ३ भकिम्लीस्थित जयन्ती माविको भवन निर्माणका लागि रु एक करोडभन्दा बढी सहयोग जुटेको छ ।

तीस कोठे भवन निर्माण अभियानअन्तर्गत पहिलो चरणमा रु एक करोड ५० हजार जुटाउन सफल भएको प्रअ रामबहादुर पुनले बताउनुभयो ।

पुरानो भवन जीर्ण भएपछि विसं २०७३ वैशाख १ गतेदेखि नयाँ भवन निर्माणका लागि स्वदेश तथा विदेशमा रहेका भकिम्लीवासीको पहलमा आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेका थिए ।

भवन निर्माणका लागि हङकङबाट रु १७ लाख, अमेरिकाबाट रु १० लाख २५ हजार, स्पेनबाट रु दश लाख, साविकको भकिम्ली गाविसबाट रु दश लाख सहयोग प्राप्त भएको छ ।

व्यक्तिगत रुपमा समेत रु दुई हजारदेखि रु पाँच लाख सहयोग प्राप्त भएको आर्थिक सहयोग समितिले जनाएको छ । स्थानीय बासिन्दाले अन्नबाली बेचेर पनि विद्यालय निर्मार्ण गर्न सहयोग गरेका छन् । भौतिक पूर्वाधारको अभावमा विद्यालयको शैक्षिक गुणस्तरमासमेत असर परेको थियो ।

रु तीन करोड लागत अनुमान गरिएको सो भवनमा स्थानीयवासीले आफ्नो घरायसी र खेतबारीको कामसमेत छाडेर निरन्तर श्रमदान समेत गरेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम पुनले बताउनुभयो ।

भवन निर्माणसँगै उच्च शिक्षाका लागि आवश्यकपर्ने पूर्वाधार विस्तार गरिने उहाँले बताउनुभयो । पहिलो चरणमा दश कोठे पहिलो तला भवनको ढलान सकिएको छ । हालसम्म रु एक करोड ५० लाख खर्च भएको छ । करिब रु ५० लाख ऋण लिएर भवनको कामलाई तीव्रता दिइएको अध्यक्ष पुनले बताउनुभयो ।
उक्त भवनमा प्रयोगशाला, पुस्तकालय, कम्प्युटर ल्याब, पर्याप्त शैक्षिक सामग्रीको व्यवस्थापन गर्ने योजना छ । निर्माणाधिन अवस्थामा रहेको भवनलाई जिल्ला शिक्षा कार्यालयबाट रु १९ लाख ५० हजार सहयोग पनि प्राप्त भएको छ ।

कक्षा दशसम्म पठनपाठन हुने उक्त विद्यालयमा दुई सय विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com