ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिएमसीबाट पीडित सप्लायर्स कम्पनीहरुलाई वार्तामा आउन समितिको अपिल


एबीसी न्यूज
भाद्र २४, २०७६ मंगलबार   ५ : ३४   बजे

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सिएमसी दि रेभेनाबाट बाँकी भुक्तानी पाउन नसकेका पीडित भेण्डर तथा सप्लायर्स कम्पनीहरुलाई भुक्तानीको माग दाबी र सोको पुष्टी हुने गरी बिल बिजक तथा सम्झौताको कागजात पेश गर्न प्राविधिक समितिले आव्हान गरेको छ ।

सिएमसी कम्पनीबाट बाँकी रकम भुक्तानीको दाबी गरेका भेण्डर तथा स्थानीय सप्लायर्सहरुको मागका सम्बन्धमा गठन भएको प्राविधिक समितिले आयोजनाका लागि सामानहरु आपूर्ति गर्ने सप्लायर्सहरुसँग आवश्यक कागजात माग गरेको हो । समितिले एक सूचना जारी गरी आयोजना निर्माण क्षेत्रमा विरोध र आन्दोलन लगायतका कार्यक्रमहरु स्थगित गरी वार्तामा आउन समेत अनुरोध गरेको छ ।

प्राविधिक समितिले सामानहरु आपूर्ति गर्ने सप्लायर्स कम्पनीहरुलाई वार्तामा आउन आग्रह गर्दै राष्ट्रिय गौरवको आयोजना निर्माणमा सहयोग पु-याउन समेत अपिल गरेको छ ।

यसअघि खानेपानी मन्त्रालयका खानेपानी तथा वातावरण महाशाखा प्रमुखको संयोजकत्वमा ६ सदस्यीय प्राविधिक समिति गठन भएको थियो । मागकर्ताहरुको भुक्तानीको दाबीको सम्बन्धमा समितिले आवश्यक काम कारबाही अघि बढाईसकेको छ ।

यसैबीच स्थानीय श्रमिक मजदुरहरुको तलब ज्याला दिने सम्बन्धमा सम्बन्धमा मन्त्रालयले उनीहरुको माग सम्बोधन गर्न प्रक्रिया अघि बढाईसकेको छ । सिएमसी कम्पनीबाट पीडित स्थानीय श्रमिकहरुलाई राहत स्वरुप पाउनुपर्ने बाँकी रकम भुक्तानी दिन मन्त्रालयले यस सम्बन्धी फाइल अर्थ मन्त्रालयमा पठाइ सकेको छ । अर्थ मन्त्रालयबाट सहमति लिईसकेपछि मन्त्रिपरिषद्बाट यस सम्बन्धी आवश्यक निर्णय भई स्थानीय श्रमिकहरुलाई बाँकी रकम भुक्तानी दिन बाटो खुल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group