ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चुरोटको खोलमा “मलाई नसोध कहाँ दुख्छ घाउ”


admin

काठमाडौँ, १९ असार । कवि तथा गीतकार हरिभक्त कटुवालको ८२ औँ जन्मजयन्ती आइतबार यहाँ मनाइएको छ ।
कटुवालको जीवनीवृत्त र रचनामा काम गर्दै आएको पुरु लम्सालको नेतृत्वमा रहेको युवाको समूहले उक्त कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रममा समालोचक महेश पौड्यालले कटुवाल कुनै वाद, विचार र परिभाषामा नअटाउने कवि भएको तर उनको योगदानलाई देशले समुचित कदर नगरेको बताउनुभयो । डा नवराज लम्सालले उनका गद्य कवितामा गीतको प्रभाव र गीतमा कविताको प्रभाव रहेको बताउँदै उनको जीवनजस्तै गीत र गीतजस्तै जीवन भएको विचार व्यक्त गर्नुभयो ।
समालोचक डा अशोक थापाले कटुवालका कथामा लघुकथा आकारका यथार्थवादी कथा भएको बताउँदै उनले नाटकमा बौद्ध दर्शन र सर्वसाधारण मान्छेको दैनन्दिनीसँग आफूलाई जोडेको टिप्पणी गर्नुभयो ।
सङ्गीतकार दीपक जङ्गमले कमलादीको सडक छेउमा फालिएको चुरोटको एउटा खोल उठाएर त्यसैमा अन्तरा लेखिएको गीत “मलाई नसोध कहाँ दुख्छ घाउ” अम्बर गुरुङ, आफू, शान्ति ठठाल र नारायणगोपाललाई सङ्गीत गर्न दिएको र पछि उनकै सल्लाहमा नारायणगोपालकै सङ्गीतमा रेकर्ड गरिएको जानकारी दिनुभयो । सङ्गीतको चेतनासहित मिटर र लयमा गीत लेख्ने कटुवालको कदको अर्को गीतकार नेपालमा हालसम्म नभेटेको जङ्गमले बताउनुभयो ।
सो अवसरमा पुरु लम्सालको निर्देशनमा कटुवालको जीवन, जीवनदृष्टि र सिर्जना झल्कने एउटा छोटो नाटक पनि प्रस्तुत गरिएको थियो ।
यसैबीच भारतको मणिपुरमा पनि साहित्यकार देवीप्रसाद थापा ‘मामा’ र रामप्रसाद पौड्यालको नेतृत्वमा कटुवाल जयन्ती मनाइएको छ । काङ्लातोङ्बीमा आयोजित उक्त कार्यक्रममा आगामी वर्षमा पनि ‘सिरोई सिर्जना’ नाम गरेको नेपाली पत्रिकाले सो कार्यक्रमलाई निरन्तरता दिने बताएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com