ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘ज्येष्ठ नागरिकका लागि सरकार संवेदनशील छ’– मन्त्री थापा


एबीसी न्यूज
भाद्र २१, २०७६ शनिबार  ६ : ५४ बजे

काठमाडौं,  २१ भदौ । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ज्येष्ठ नागरिकका लागि सरकार सदैव सहयोग गर्न संवेदनशील रहेको बताउनुभएको छ ।

गोदावरी नगपालिका–१४ बाडेगाउँस्थित ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रले आज आयोजना गरेको ‘स्मारिका विमोचन तथा छैटौँ साधारणसभा’ कार्यक्रममा उहाँले मुलुकमा ज्येष्ठ नागरिकको हक–अधिकार सुनिश्चित गराउन विभिन्न कार्यक्रम अघि बढिरहेका स्मरण गराउनुभयो । उहाँले भन्नुभयो, “देशमा रहेका ७५३ स्थानीय तहमध्ये सरकारले करीब २०० स्थानीय तहमा जेष्ठ नागरिक सेवा केन्द्र शुरु गर्न लागेको छ ।”

साठी वर्ष पार गरेका यस्ता व्यक्ति आदरणीयका साथै पूजनीय रहेको मन्त्री थापाको भनाइ छ । उहाँले विगतका युवा हालका ज्येष्ठ नागरिकले जीवनको लामो समय समाजमा योगदान गरिसकेकाले उहाँहरुबाट पुरानो ज्ञान, अनुभव, सीप, कला, दक्षता र थुप्रै भोगाइ सङ्कलन गर्न सकिने बताउनुभयो । सोही कार्यक्रममा प्रतिनिधिसभा सदस्य पम्फा भुषालले समाजमा बढ्दै गएको सो केन्द्रको सुविधाले आज वृद्ध बुबाआमामा पुनःमिलनको सम्बन्ध फर्काउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हामी सानो छँदा हरेक चोक, पसल र घर वरपरका पाटीपौवा वृद्धवृद्धाहरु बसेर कुराकानी र छलफल गर्ने परिपाटी थियो ।” उक्त परम्परा हाल हराउँदै गएकाले सो केन्द्रको स्थापनापछि पुनः सङ्गठित हुनेमा उहाँले खुशी व्यक्त गर्नुभयो ।

अर्का सदस्य नवराज सिलवालले ज्येष्ठ नागरिकले असल समाज निर्माण गर्न सहयोग गरेकामा राज्य उहाँहरुप्रति निकै खुशी भइरहेको बताउनुभयो । नगरपालिका उपप्रमुख मुना अधिकारीले ज्येष्ठ नागरिकको व्यवस्थापनका लागि नगरपालिकाले प्रत्येक वडामा रु एक लाख विनियोजन गरिसकेको जानकारी गराउनुभयो । कार्यक्रममा कलाकार मदनदास श्रेष्ठले ज्येष्ठ नागरिकका लागि सातै प्रदेशमा आरोग्य आश्रम निर्माण गर्ने योजना अघि बढिरहेको बताउनुभयो । केन्द्रका अध्यक्ष जोगबहादुर महर्जनले घरवरपरका वृद्धवृद्धामा मुन्टो बर्टार्ने र भावनात्मक रुपमा टाढा–टाढा हुँदै जाने परिपाटी बढेसँगै केन्द्रले एकताको सूत्रमा बाँध्न मद्दत गर्ने अपेक्षा राख्नुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेशबाट राज्य संचालन गलत ः जसपा नेपाल , अध्यक्ष, यादव, भिडियो

नक्सापासबिनै रास्वपा सांसद केपी खनालको तीनतले घर, जग्गाको पनि छैन पूर्जा

सम्बन्धित

अध्यादेशले छोएन गभर्नर र बैंकिङ पदाधिकारीहरूलाई

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

५४ नागरिक अगुवाले भने– सुकुमवासीलाई सेना प्रयोग गरेर क्रूर र आतंकपूर्वक हटाइयो

आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना

आज विश्व प्रेस स्वतन्त्रता दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com