ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सञ्चालक समितिद्वारा रेडियोमा तालाबन्दी


एबीसी न्यूज
भाद्र २१, २०७६ शनिबार  २ : १५ बजे

काठमाडौं,  २१ भदौ । बाजुरा सदरमुकाममा विगत सात वर्षदेखि सञ्चालन हुँदै आएको सामुदायिक रेडियो पौरखीमा रेडियो सञ्चालक समितिले तालाबन्दी गरेको छ । सहकारीमार्फत सञ्चालन हँुदै आएको उक्त रेडियो सञ्चालन भइरहेका बेला समितिका अध्यक्ष रामचन्द्र यादव र सहसचिव सुरेन्द्र नाथले कर्मचारीलाई कुनै जानकारी नै नगराई एकाएक बन्द गरेका छन् ।

शुक्रबार साँझ ४ः०० बजेको समयमा रेडियोमा कार्यरत कर्मचारीले रेडियो सञ्चालन गरिहेका बेला अध्यक्ष र सहसचिवले कर्मचारीलाई दबाब दिँदै बन्द गर्न लगाएको राजेन्द्र रोकायाले बताउनुभयो । उहाँले समितिका अध्यक्ष र सहसचिवले ‘तिमीहरु काम गर्न सक्दैनाँै, अनिश्चितकालसम्मका लागि तालाबन्दी गर्छौं’ भन्दै रेडियोमा ताला लगाएको बताउनुभयो ।

सहकारीका करीब पाँच सय जना शेयर सदस्यको रकमले सञ्चालनमा ल्याइएको उक्त रेडियो एकाएक बन्द भएको छ । सञ्चालक समितिमा रेडियो बन्द गर्ने बहुमत नहुँदा पनि मनपरी रुपमा रेडियो एकाएक बन्द गर्दा जनतामा नकारात्मक प्रभाव परेको कर्मचारीले बताएका छन् । सहकारी तथा रेडियो सञ्चालक समितिका यादवले भने कर्मचारीले रेडियो नियमति रुपमा सञ्चालन गर्न नसकेको र सञ्चालक समितिले भनेको नमानेकाले नयाँ कर्मचारी ल्याउने गरी बन्द गरिएको बताउनुभयो ।

कर्मचारीलाई बिना जानकारी एकाएक रेडियो बन्द गरेर हटाउन खोजेको भन्दै नेपाल प्रेस युनियनले आपत्ति जनाएको छ । रेडियोमा नियमित रुपमा काम गरिरहेका कर्मचारीलाई हटाउने नियतले रेडियो बन्द गर्नु गैरकानूनी भएको प्रेस युनियका सचिव प्रशान्तराज जोशीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लोकतन्त्रको उपेक्षा ः कांग्रेस नेता, किरण, एमाले नेता, शान्ती , नेकपा नेता, कुँवर । भिडियो

अध्यादेशबाट राज्य संचालन गलत ः जसपा नेपाल , अध्यक्ष, यादव, भिडियो

सम्बन्धित

अध्यादेशले छोएन गभर्नर र बैंकिङ पदाधिकारीहरूलाई

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

५४ नागरिक अगुवाले भने– सुकुमवासीलाई सेना प्रयोग गरेर क्रूर र आतंकपूर्वक हटाइयो

आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना

आज विश्व प्रेस स्वतन्त्रता दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com