ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भाइरल ज्वरोको प्रकोप, अस्पतालहरुमा थेग्नै नसक्ने गरी बिरामी


एबीसी न्यूज

काठमाडौं, २० भदौ  । अत्यधिक गर्मीका कारण सिरहामा भाइरल ज्वरो फैलिएपछि अस्पतालहरुमा थेग्नै नसक्ने गरी बिरामीको चाप बढेको छ ।

जिल्लाभरि नै भाइरल ज्वरोको प्रकोप फैलिएर जिल्लास्थित स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप अत्यधिक बढेसँगै श्यया र औषधिको अभाव भएको छ । सदरमुकाम सिरहास्थित जिल्ला अस्पतालमा गर्मी बढेसँगै दैनिक १०० देखि १५० जनासम्म बिरामी आउने गरेको अस्पतालका मेसु डा नागेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो ।

उपचारका लागि आउने बिरामीहरुमध्ये करीब ९० प्रतिशत बिरामी भाइरल ज्वरोबाटै थलिएका बिरामीहरु रहेको मेसु डा यादवको भनाइ छ । दैनिक ठूलो सङ्ख्यामा बिरामीको चाप बढेपछि अस्पतालमा श्ययाको अभावमा भुइँमा राखेरै उपचार गर्नुपर्ने बाध्यता रहेको छ ।यस्तै सिरहाको गोलबजारस्थित स्वास्थ्य चौकी भाइरल ज्वरोको बिरामीले भरिभराउन भएको स्वास्थ्यकर्मीले बताएको छ ।

स्वास्थ्य चौकीका इन्चार्ज सत्यनारायण यादवका अनुसार भदौको पहिलो सातादेखि दैनिक १०० को हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् । त्यसमध्ये करीब ७० प्रतिशत बिरामी भाइरल ज्वरोकै रहेको इन्चार्ज यादवको कथन छ । दैनिक बिरामीको चाप अत्यधिक बढ्ने गरेकाले भुइँमै राखेर उपचार गर्ने गरेको उहाँले बताउनुभयो ।

त्यस्तै लहानस्थित रामप्रसाद उमाप्रसाद शारदा स्मारक अस्पतालमा पनि भाइरल ज्वरोकै बिरामीको चाप बढ्ेको छ । कूल ५० श्ययाको सो अस्पतालमा दैनिक १०० जति बिरामी आउने गरेकामा करीब ९० प्रतिशत बिरामी भाइरल ज्वरोकै रहेको अस्पतालका मेसु डा सुनिल कुशवाहले जानकारी दिनुभयो । बिरामीको चाप अत्यधिक बढेकाले श्ययाको अभावमा भुइँमै राखेर बिरामीको उपचार गरिरहेको मेसु डा कुशवाहको भनाइ छ । भाइरल ज्वरोको प्रकोप जिल्लामा फैलिए पनि डेङ्गु रोगको प्रकोप जिल्लामा नरहेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुखसमेत रहनुभएका सिरहा अस्पतालका मेसु डा यादवको कथन छ ।

जिल्लामा अहिलेसम्म डेङ्गु प्रभावित एउटा पनि बिरामी फेला नपरेकाले आत्तिनु नहुने भन्दै उहाँले भाइरल ज्वरो र रुघाखोकी फैलिने मौसम अझै रहेकाले सचेत रहनसमेत सबैसँग आग्रह गर्नुभयो । साथै अस्पतालहरुमा पखला, रुघाखोकीको बिरामीसमेत बढेको स्थानीय स्वास्थ्यकर्मीहरुले जानकारी दिएका छन् । मौसमी रुघाखोकी घाम तात्तिँदै गएपछि जमीनमुनि बस्ने सर्प जमीनबाहिर निस्कन थाल्ने र सर्वसाधारणलाई टोक्ने क्रम बढेकाले जिल्ला अस्पतालसहित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा बिरामीको चाप बढेको छ ।

विगत केही दिनयतादेखि बढेको अत्यधिक गर्मीका कारण सिरहा जिल्लाको जनजीवन कष्टकर बनेको छ । बिहानैदेखि लाग्ने टण्टलापुर घाम चर्किंदै जाँदा दिउँसोपख सर्वसाधारणको दैनिकी निकै कष्टपूर्ण बनेको छ । दिनभरिको तातो घामले अत्यधिक गर्मी बढेपछि घर÷पसलबाट निस्कनै नसक्ने अवस्था आएको स्थानीयवासी बताउँछन् । गर्मीका कारण बजारमा मानिसको चहलपहलसमेत कम भएको छ । टण्टलापुर घाम लाग्ने र हावा नचल्दा दैनिक जीवनयापनसमेत प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com