ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सम्पदा संरक्षण प्रवद्र्धन गरी भ्रमण वर्षमा उपयोग गरिनुपर्ने


एबीसी न्यूज

काठमाडौं, १९ भदौ । विश्व सम्पदामा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरलगायत सम्पदाको संरक्षण प्रवद्र्धनमा विशेष ध्यान दिइनुपर्नेमा सांसद, विज्ञ तथा सरोकारवालाले जोड दिनुभएका छन् ।

संसद्को अन्तरराष्ट्रिय सम्बन्ध समितिको आज भएको बैठकमा सहभागी वक्ताले पशुपतिनाथ क्षेत्रभित्रको मूर्त र अमूर्त कला संस्कृति, सम्पदा केवल संस्कृति र आस्था मात्र नभई देशकै गौरव र पहिचानको विषय भएको उल्लेख गर्दै परम्परागत रीतिरिवाज, संस्कृतिको संरक्षण प्रवद्र्धनमा सबै एकजुट भएर लाग्नुपर्ने खाँचो औँल्याएका हुन् ।

उहाँहरुले सम्पदाप्रेमीको नाममा सम्पदामाथिनै अतिक्रमण भइरहेकोप्रति ध्यानाकर्षण जनाउँदै पशुपतिनाथलगायत सम्पदाभित्रको जग्गा, मठ, मन्दिर तथा अन्य सम्पत्तिको उचित संरक्षण गरी मुलुकको आर्थिक आम्दानीमा टेवा पु¥याउनुपर्ने बताएका हुन् ।
बैठकमा बोल्ने अधिकांश सांसदले पशुपति क्षेत्रभित्रका मूर्त कलाकृतिको संरक्षण तथा अन्य धार्मिक मठमन्दिरको संरक्षण प्रवद्र्धन गरी नजिकिएको नेपाल भ्रमण वर्ष २०२० अभियानको सन्दर्भमा उजागर गरिनुपर्ने धारणा राखेका हुन् । पशुपतिनाथ क्षेत्रको सम्पदा अध्ययनका लागि अन्तरराष्ट्रिय सम्बन्ध समितिअन्तर्गत गठित उपसमितिका संयोजक एवं सांसद सुजिता शाक्यले पशुपतिलगायत सम्पदाको उचित संरक्षण प्रवद्र्धन गरी राष्ट्रिय आयमा वृद्धि गर्ने गरी योजनाबद्ध कार्यक्रम अघि बढाइनुपर्ने बताउनुभयो ।

सांसद कृष्णगोपाल श्रेष्ठले पशुपतिनाथ, स्वयम्भू, बौद्धनाथलगायत सम्पदा देशको संस्कृति र सम्पदाको पहिचान भएकाले यिनको संरक्षणका साथै टेकुस्थित पचलीघाट, हनुमानढोकालगायत स्थलको पनि अध्ययन अनुसन्धान गरी उचित संरक्षण विकास गरिनुपर्छ भन्नुभयो । उहाँले सम्पदाप्रेमीका नाममा सम्पदामाथि अतिक्रमण गर्ने प्रवृत्ति बढेको भन्दै त्यसकाविरुद्ध सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । सांसद नारदमुनि रानाले पशुपतिनाथ मन्दिर र आस्थाको केन्द्र मात्र नभई स्वाभिमान राष्ट्रको पहिचान पनि हो भन्दै विश्व सम्पदामा सूचीकृत सम्पदाको यथोचित संरक्षण र प्रभावकारी प्रवद्र्धन गर्न जरुरी भएको खाँचो औँल्याउनुभयो ।

सांसद रेणुका गुरुङले पशुपति क्षेत्रलगायत सम्पदा धार्मिक पर्यटनको महत्वपूर्ण आधार रहेको भन्दै भ्रमण वर्षको सन्दर्भमा यस्ता सम्पदाको विशेष प्रवद्र्धन गर्न जरुरी भएको उल्लेख गर्नुभयो । सांसद कृष्ण राईले पशुपतिनाथको जस्तै वाग्मती नदी र आसपासका सम्पदाको संरक्षणका लागि विशेष गुरुयोजनाका साथ अघि बढ्नुपर्ने औँल्याउनुभयो ।
सांसदहरुको धारणा लिएपछि समितिका सभापति पवित्रा निरौला ९खरेल० परस्परागत संस्कृतिको जगेर्ना गर्नु नेपालीकै दायित्व हो भन्दै पछिल्लो समय सम्पदा क्षेत्रका जग्गा, मठमन्दिरमाथिको अतिक्रम बढेकाले त्यस्ता सम्पदाको संरक्षणका लागि सबै एकजुट भएर लाग्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले सम्पदा संरक्षणका नाममा हुने अतिक्रमणलाई निरुत्साहित गर्दै पवित्र हृदयका साथ राष्ट्रको सम्पदा जगेर्ना गर्दै नेपाल भ्रमण वर्षको अवसरमा आफ्ना मौलिक संस्कार र संस्कृतिको प्रस्तुति गरिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com