ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिष्ठान जापानको अध्यक्षमा सुर्य खड्का, पर्यटन वर्षलाई सफल पार्ने प्रतिवद्धता


एबीसी न्यूज
भाद्र १८, २०७६ बुधबार  ६ : ०२ बजे

जापान १८ भदौ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापान शाखाको अध्यक्षमा सुर्य खड्का चयन भएका छन् । मंगलबार जापानको टोकियोमा सम्पन्न दोस्रो अधिवेशनबाट खड्का निर्विरोध चयन भएका हुन् । रोजगारीका लागि जापान आएका उनले कला र संस्कृतीको जर्गेना गर्न जापानमा प्रतिष्ठानको आवशयकता समेत महसुस गरेका थिए । प्रतिष्ठान स्थापना अघि तदर्थ समिती गठन भएको थियो । तदर्थ समिती हुदा सह(संयोजकको जिम्मेवारी पाएका उनले १ कार्यकाल उपाध्यक्ष पुरा गरि अहिले अध्यक्ष बनेका हुन् ।

बाग्लुङमा जन्मिएका खड्का २०६२ सालमा चितवनबाट सांङगितिक क्षेत्रमा प्रवेश गरेका थिए । सयौँ बढी गीत निकालेका उनले आफ्नो कार्यकाल संस्कृतीको जर्गेना गर्दै नेपालमा पर्यटक भित्र्याउन खर्चिने बताए ।

उनले जापानी नागरिकमा नेपाली कला र संस्कृती चिनाउने र पर्यटक भित्र्याउने तर्फ केन्द्रित रहने एवीसी न्युजलाई जानकारी दिए । नेपाल सरकारले २०२० लाई पर्यटन वर्ष घोषणा गरेकोले सफल पार्ने दायित्व आफ्नो पनि भएकोले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

 

“सिङ्गो कार्यसमिती नै कला र संस्कृतीको जर्गेना पर्यटन वर्ष सफल पार्न समय खर्च गर्नेछौँ ।” खड्का भन्छन् । १० वर्ष देखी जापानलाई कर्मभूमी बनाएका सुर्यको जापानिज कलाकार संग समेत राम्रै घुलमिल छ । २ वर्षे कार्यकालको लागि खड्काको नेत्तृत्वमा २५ सदस्सीय नया कार्य समिती चयन भएको छ ।

जसको प्रथम उपाध्यक्षमा पुरुषोतम सिग्देल, द्धितीय उपाध्यक्षमा नारायण कंडेल, महिला उपाध्यक्ष सोना के सी, सचिब माधब सिग्देल, सह सचिब दिलेन्द्र जोशी र समुद्र राज पौडेल, कोषाध्यक्ष अमित सापकोटा, सह कोषाध्यक्ष निशा क्षेत्री र प्रवक्ता केशब पौडेल सर्वसहमतीले चयन भएका हुन् । त्यस्तै सदस्यहरुमा प्रकाश कंडेल, नकुल गौतम, प्रेम सापकोटा सोनु, केशब शर्मा, अर्जुन सुबेदी, शान्ता जि सी, होम पुन,निर्मल क्षेत्री, प्रेम कुमार बस्नेत, खेम राज पौडेल रहेका छन् ।

अधिवेशनको सम्वोधन गर्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष बद्री पंगेनीले लोक संगितको क्षेत्रमा भित्रीएका विकृती र विसंगती हटाउन प्रतिष्ठानले कदम चालेको बताए । उनले संस्कृतीको जगेर्ना गर्ने जिम्वेवारी नै कलाकारको भएकोले प्रवासबाट पनि योगदान पुर्याउनुपर्नेमा जोड दिए । समारोहमा प्रतिष्ठानका प्रथम उपाध्यक्ष पशुपति शर्मा, सचिव खुमन अधिकारी, पूर्व केन्द्रिय सदस्य मन्जु पौडेल लगायतका स्थानीय कलाकारको समेत उपस्थिती रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com