ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यमबुद्ध फाउण्डेशनको आयोजनामा एकल गायन प्रतियोगिता सम्पन्न


एबीसी न्यूज

काठमाडौं । चर्चित -यापर गायक स्व. यमबुद्धको स्मृतिमा शुक्रबार महेन्द्र भृकुटी माध्यमिक विद्यालयका विद्यार्थीहरुबीच एकल गायन प्रतियोगिता सम्पन्न भएको छ ।
यमबुद्ध फाउण्डेशनले ललितपुरको जावलाखेल एकान्तकुनास्थित उक्त विद्यालय परिसरमा आयोजना गरेको गायन प्रतियोगिता कार्यक्रममा २३ जना विद्यार्थीहरु सहभागी भएका थिए । गायन प्रतियोगितामा अनुग्रह ताङ्दो राई प्रथम, मनिषा गिरी द्धितीय र कृष्ण परियार तृतीय भए । फाउण्डेशनका अध्यक्ष अम्बिका प्रसाद अधिकारी र कोषाध्यक्ष उर्मिला अधिकारीले गायन प्रतियोगितामा सहभागी भएका सबै विद्यार्थीहरुलाई प्रमाणपत्र र टिसर्ट वितरण गर्नुभयो ।

कार्यक्रममा बोल्दै अम्बिका अधिकारीले आफ्नो छोरा गायक स्व. यमबुद्धका सपना र योजनाहरुलाई देशैभरि अभियानका रुपमा सञ्चालन गर्दै लैजाने बताउनुभयो । उहाँले यमबुद्ध हामी माझ नभएपनि उसले गरिब परिवारका विद्यार्थीहरुलाई गर्ने गरेको सहयोगलाई सधैं निरन्तरता दिईरहने प्रतिबद्धता जनाउनुभयो ।
विद्यालयका प्रधानाध्यापक पुष्पराज जोशीले यमबुद्ध धेरै युवाहरुको मन मनमा बसेको बताउँदै उनका सामाजिक कार्यहरुको सबैले प्रशंसा गर्नुपर्ने बताउनुभयो । जोशीले यमबुद्धले युवाहरु माझ एक छुट्टै किसिमको छाप छोडेर गएको उल्लेख गर्नुभयो ।
त्यसैगरी अध्यक्ष अधिकारीले उक्त विद्यालयमा अध्ययनरत विपन्न परिवारका छात्र छात्राहरुलाई झोला (स्कुल ब्याग) र स्टेशनरी सामानहरु समेत वितरण गर्नुभएको थियो ।
यमबुद्धको वास्तविक नाम अनिल अधिकारी हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com