ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘हामीले तिरेको करको सम्मान गर, हिलो धुलो मुक्त सडकमा गुड्न देऊ’


एबीसी न्यूज

 

काठमाडौं, ४ भदौ । ‘हामीले तिरेको करको सम्मान गर, हिलो धुलो मुक्त सडकमा गुड्न देऊ’ साँखु शालीनदी यातायात प्रालिका सार्वजनिक यातायातमा यस्तो फ्लेक्स झुण्ड्याइएको छ । रत्नपार्कबाट साँखु चल्ने यातायातमा चावहिलबाट माथि लागेपछि सडकको दूरावस्थाले यात्रा गर्न मुस्किल हुने गरेको छ । सडक बनाउन थालेको वर्षौं भए पनि काम सकिएको छैन । निर्माण व्यवसायी १०० मिटर सडक बनाएपछि महिनौँसम्म भाग्ने गर्दा पनि कुनै निकायले अनुगमन गरेको देखिँदैन ।

नयाँ शासन व्यवस्थासँगै तीन तहको सरकार बने भनिए पनि आम मानिसलाई असर पार्ने सडकको धुलो र हिलोको अनुगमन गर्ने फुर्सद कसैलाई नभएको कागेश्वरी मनोहरा नगरपालिका–४ डाँछीका सञ्जीव पुडासैनीले सुनाउनुभयो । चावहिलबाट साँखु पुग्ने सडकमा चारवटा स्थानीय सरकार जोडिन्छन् । चावहिलबाट बौद्ध पीपलबोटसम्म काठमाडौँ महानगरपालिका, बौद्ध पीपलबोटबाट दक्षिणढोकासम्म गोकर्णेश्वर नगरपालिका, दक्षिणढोकाबाट डाँछीको ब्रह्मखेलसम्म कागेश्वरी मनोहरा नगरपालिका र ब्रह्मखेलबाट साँखुसम्म शङ्खरापुर नगरपालिकाको क्षेत्र पर्छ ।

कुनै पनि स्थानीय सरकारले आफ्नो क्षेत्रको सडक बनाउन पहल नगरेको स्थानीयवासीको गुनासो छ । साँखु–जोरपाटी–चावहिल सडक छिटो बन्नुपर्ने माग गर्दै स्थानीयवासीले सडक सरोकार समिति समेत गठन गरेका छन् । समितिले बिहीबार नगरपालिकामा धर्ना कार्यक्रम आयोजना गरेको अध्यक्ष मिलन खड्काले बताउनुभयो । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाका प्रमुख अर्जुन अर्याल चावहिलबाट साँखुसम्मको धेरै ठाउँमा पूर्वाधार बनिसकेकाले कालोपत्र गर्न मात्र बाँकी रहेको बताउनुभयो । चावहिलबाट चुच्चेपाटीसम्म खानेपानीको पाइप फेर्ने कार्यक्रम रहेकाले तत्काल कालोपत्र हुँदैन ।

बौद्धबाट पीपलबोटसम्म पूर्वाधार तयार भएर कालोपत्र गर्न सकिने गरी तयार भइसकेको आयोजना प्रमुख अर्यालको जिकिर थियो तर स्थानीयवासीले भने अझै विद्युत्लगायत तार, पोल नहटाइएको, बाटो विस्तार गरिएको स्थानमा सवारी साधान पार्क तथा पसलका सामान राखेर अस्तव्यस्त बनाइएको गुनासो गरेका थिए ।
बाटो विस्तारका लागि भत्काइएको स्थान अलपत्र छोड्दा बर्सादका बेला पानी जम्ने, पैदल मार्ग ९फुटपाथ० मा हिँड्न नसकिनेलगायत समस्या रहेको निमा शेर्पाको गुनासो थियो । आयोजनाले भने पूर्वाधार तयार भए पनि बर्सादको समय भएर कालोपत्र गर्न नसकिएको जनाएको छ ।

भदौसम्म वर्षा हुने भएकाले असोजपछि कालोपत्र गरिने आयोजना प्रमुख अर्यालले सुनाउनुभयो । थलीबजार क्षेत्रमा भने सडक साँघुरो भए पनि सर्वोच्च अदालतले मुआब्जा बिना नछुनु भन्ने आदेश जारी गरेकाले जति उपलब्ध छ त्यतिमै कालोपत्र हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com