ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संविधान विगतको सङ्ग्रह : वर्तमान प्रतिविम्ब र भविष्यमा हिँड्ने बाटोको एकीकृत रूप हो– प्रधानमन्त्री ओली


एबीसी न्यूज

 

काठमाडौं, ४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसपटकको संविधान तथा राष्ट्रिय दिवस भव्यता र व्यापकताका साथ मनाउन सबैमा आह्वान गर्नुभएको ।

ठूलो बलिदान र सङ्घर्षबाट प्राप्त उपलब्धिका रूपमा संविधान आएकाले यो राष्ट्रव्यापी साझा दिवसको विशेषता, व्यापकता र भव्यता भएको उल्लेख गर्र्दै प्रधानमन्त्री ओलीले कसरी जनस्तरमै व्यापक बनाउन सकिन्छ, त्यसैगरी तयारी थाल्न आग्रह गर्नुभयो ।

आज गृह मन्त्रालयमा आयोजित संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दिवसमा उद्योगी, व्यापारी, शिक्षक, कर्मचारीदेखि हरेक पसल र घरमा झण्डा होस्, हरेक गाडीमा झण्डा होस्, हरेक घरले दिपावली मनाओस्, बिजुली नभएका ठाउँमा पनि लस्करै टुकी बालेर रमाइलो होस्, भन्नुभयो ।

संविधान जारी भएको दिन अधिकारको अवसर, सुरक्षा, सम्मान, समृद्धि र सुखद्तर्फको यात्रा भएकाले दिवस अठोट प्रतिबद्धता र सङ्कल्पको चाड भएको प्रधानमन्त्रीले स्मरण गर्नुभयो । प्रधानमन्त्री ओलीकै अध्यक्षतामा आज बसेको बैठकले असोज २, ३ र ४ गते संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाउने निर्णयसमेत गरेको छ । त्यसका लागि भदौ २७ देखि नै तयारीका कार्यक्रम हुनेछन् । समितिले कागज र कपडाबाहेकका झण्डालाई निषेध गरेको छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अङ्गिकार गरेको संविधान ठूलो बलिदान, सङ्घर्ष, त्याग र उपलब्धिको निचोड हो भन्दै प्रधानमन्त्री ओलीले संविधानले विभिन्न समयमा भएका योगदानको अभिव्यक्त, जनधारणा र जनअभिमतलाई सम्बोधन गरेको बताउनुभयो । हरेक व्यक्तिका अपेक्षा जस्ताको त्यस्तै सम्बोधन नगरे पनि साझा दस्तावेजका रूपमा बृहत्तर राष्ट्रहित, राष्ट्रिय आकांक्षालाई संविधानले समेटेको प्रधानमन्त्रीको भनाइ थियो ।

उहाँले भन्नुभयो, “यो संविधान विगतको सङ्घर्ष, इतिहास, बलिदानको उपलब्धिको सङ्ग्रह हो, वर्तमान यथार्थको प्रतिविम्ब हो र भविष्यमा हिँड्ने बाटोको एकीकृत रूपमा हो, यसमा हाम्रा विगतका आँशु र पीडा, सङ्घर्ष र बलिदानका कथा छन्, वर्तमानका जटिलता अफ्ठेरा र आवश्यकता समेटिएको छ र भावी दिनका लागि कसरी अगाडि बढ्ने भन्ने राष्ट्रिय आकांक्षा र गन्तव्य समेटिएको छ ।”

सहमतिको दस्तावेज भए पनि संविधानले हाम्रो इतिहास गौरवपूर्ण परम्परालाई अङ्गिकार गरी परम्पराको नाममा भएका अवैज्ञानिक पक्षलाई हटाएको बताउँदै संविधान जारी भएको दिन राष्ट्रिय उत्सव भएकाले सेनाको मात्रै दिवस भनेर नबस्न प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो ।

सबै जनताको दिवसको रूपमा मनाउनुपर्नेमा जोड दिँदै उहाँले नेपालीको सबैभन्दा ठूलो चाड भएकाले राष्ट्रव्यापीरूपमा र विदेशमा बसेका नेपालीले समेत मनाउने साझा उत्सव हो, भन्नुभयो । “यो चाड एउटा पक्ष र क्षेत्रको लागि होइन देशका लागि हो, त्यसमा केन्द्रीय सरकारदेखि प्रदेश सरकार र स्थानीय तहका सबै सरकार र निकायले राष्ट्रिय उत्सवका साथ भव्यरूपमा मनाउनु आवश्यक छ, राष्ट्रिय दिवसको रूपमा मनाउनका लागि उल्लासपूर्ण ढङ्गबाट जनव्यापीरूपमा कसरी लान सिकन्छ त्यसैगरी कार्यक्रम बनाउन आग्रह गर्दछु”, प्रधानमन्त्रीले थप्नुभयो ।

उहाँले उक्त दिन झण्डा दिवसका रूपमा मनाउनुपर्नेमा जोड दिँदै झण्डामय बनाउन सबैलाई अनुरोधसमेत गर्नुभयो । अन्तर्राष्ट्रिय खेलमा हरेकको हातमा झण्डा हुँदा त्यसले देशको प्रतिनिधित्व गर्ने भएकाले सोहीअनुरूप राष्ट्रिय दिवस मनाउनुपर्नेमा उहाँको जोड थियो । झण्डालाई घरमा राख्न पाउने र सम्मानपूर्वक मुटुको अगाडि र पछाडि पर्ने गरी झण्डा भएको कपडा लगाएर राष्ट्रिय उत्सव मनाउन प्रधानमन्त्रीले आह्वान गर्नुभयो ।

झण्डाले राष्ट्रिय एकता र उपलब्धिलाई मौन ढङ्गले दृढतापूर्वक अभिव्यक्त गर्दै साझा अभिव्यक्ति, भावना र देशभक्ति बोल्ने भएकाले त्यो दिन सिंहदरबारमा उपस्थित भई सबै कर्मचारीले झण्डा बोकेर ¥यालीमा सहभागी हुने प्रधानमन्त्रीले विश्वास व्यक्त गर्नुभयो । उहाँले त्यो दिन घर बिदा नभई उत्सव बिदा भएकाले हाजिरीको अभिलेख राखेर कर्मचारीलाई सहभागी गराउन आग्रह गर्नुभयो ।

यस्ता उत्सवमा असामाजिक तत्वले अवसर छोप्नेतर्फ प्रधानमन्त्री ओलीले ध्यानाकर्षण गराउँदै सतर्कता अपनाउन सुरक्षा अधिकारीलाई आग्रह गर्नुभयो । उहाँले जुन धर्तीको उपजबाट हामी बाँचेका छौँ, त्यस्ता मातृभूमिको विषयलाई विवादको विषय नबनाउन सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।

दिवस मनाउनका लागि विभिन्न उपसमितिसमेत बनाइएको छ । सो क्रममा गृहसचिव प्रेमकुमार राईले दिवसमा आयोजना हुने कार्यक्रमबारे पेश गर्नुभएको प्रस्ताव बैठकले पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com