ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानी सेनाप्रमुख कार्यकाल तीन वर्ष थप


एबीसी न्यूज
भाद्र ३, २०७६ मंगलबार  ३ : २८ बजे

पाकिस्तानका, ३ भदौ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले देशका सेनाप्रमुख जनरल कमर जावेद बाज्वाको कार्यकाल तीन वर्ष थपिदिएका छन् ।

प्रधानमन्त्री कार्यालयद्वारा जारी गरिएको एक विज्ञप्तिका अनुसार जनरल बाज्वाको कार्यकाल बढाउने निर्णय सुरक्षा स्थितिलाई ध्यानमा राखेर लिइएको हो । सेनाप्रमुखको कार्यकाल बढाइने कुरा केही महिनादेखि चलिरहेको थियो । भारतले भारत प्रशासित कश्मीरको संविधान प्रदत्त विशेषाधिकार खोसेपछि भारत र पाकिस्तानबीच सम्बन्ध बिग्रिएको छ । यही बेला पाकिस्तानी सेना प्रमुखको कार्यकाल बढाइएको हो । बाज्वाले नोभेम्बर २०१६ मा सेनाको नेतृत्व सम्हालेका थिए ।

उनलाई तत्कालीन प्रधानमन्त्री नवाज शरिफले सेनाप्रमुखमा नियुक्त गरेका थिए। यो कार्यकाल उनको वर्तमान कार्यकाल पूरा हुने दिनदेखि सुरु हुनेछ । निकै लामो समयपछि यस्तो समय आएको छ जब पाकिस्तानको राजनीतिक र सैन्य नेतृत्वले एकै दिशामा देशको भविष्यबारे सोचिरहेका छन् । तर सोही देशका विपक्षी नेताहरूले भने इमरान खानले सेनाको सहयोगमा सत्ता हासिल गरेको आरोप लगाएका छन्, जसलाई खानको पार्टी पी टी आईले खण्डन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

होर्मुज जलसन्धिमा ‘प्रोजेक्ट फ्रीडम’: अलपत्र जहाज निकाल्न ट्रम्पको नयाँ सैन्य कदम

फुकोट कर्णाली आयोजना: संसदीय अनुमोदन नपर्ने सर्वोच्चको फैसला, भारतलाई राहत !

सम्बन्धित

होर्मुज जलसन्धिमा ‘प्रोजेक्ट फ्रीडम’: अलपत्र जहाज निकाल्न ट्रम्पको नयाँ सैन्य कदम

लिपुलेक विवाद: नेपालको कूटनीतिक ‘नोट’ र छिमेकीको बेवास्ता

चीन र अमेरिका आणविक विनाशको जोखिम निम्त्याउँदै

ट्रम्पद्वारा युरोपेली गाडीहरूमा कर बढाउने घोषणा: व्यापार युद्धको खतरा

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

बुद्ध पूर्णिमाको अवसरमा म्यानमारमा १५ सयभन्दा बढी कैदीलाई आममाफी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com