
धनुषा २ भदौ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी का अध्यक्ष प्रचण्डले प्रदेश नम्बर २ को सरकारले यहाँको जनतालाई झन् दुख दिएको आरोप लगाएका छन् ।
सोमवार धनुषको गणेशमान चारनाथ नगरपालिकास्थित बरमझियामा शहीद रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा आयोजित गरिएको कार्यक्रमलाइ सम्बोधन गर्दै पुर्वप्रधानमन्त्रि पुश्पकमल दहाल प्रचण्डले जनताले गरेको त्याग र बलिदान अनुसार प्रतिफल नपाएको गुनासो गरेका हुन् । उनले प्रदेश २मा अहिलेका प्रदेश सरकारका कारण भ्रष्टचार बढेको र सुसासन कमजो हुँदै गएको बताएका छन् । प्रचण्डले केही समयअघि प्रदेश नम्बर २ का मुख्यमन्त्रीसहितको टोली काठमाडौं गएको र प्रधानमन्त्री बालुवाटारमा यस विषयमा छलफल समेत गरेको उनले खुलासा गरे । उनले अहिलेको सरकारले प्रदेश २का जन्ताको लागि दिर्घकालिन रुपेन सोचेको बताए ।

दहालले प्रदेश २मा वर्षेनि बाढि,हवाहुरी जस्ता दैविक प्रकोपका कारण हजारौ मृत्यु हुने गरेको बताए । उनले आफ्नो पार्टिले तराइलाइ सुरक्ष्ति तराइका जन्तालाइ समृद्धको लागि कार्य गरिहेको बताए र उनले आफुले सुरुवात गरेको जनयुद्धमा १३०० मधेशि जन्ताले बलिदानि दिएको बताएका थिए । उनले यहाँ सिचाइको व्यवस्थागर्न सकिए यहाँको माटोमा देश भरिको जन्तालाइ पाल्न सक्ने क्षमता रहेको समेत बताए । उनले जनयुद्धको सुरुवात जस्तै समाज बादको सुरुवात पनि तराइमधेश बाटै हुनुपर्ने बताए ।
श्रद्धान्जलि कार्यक्रममा बरिष्ठ नेता माधवकुमार नेपाल सहित उद्येग वञिज्यतथा आपुर्ति मन्त्रि मातृका प्रसाद यादब, भौतिक पुर्वधार तथा यातायात मन्त्रि रघुबिर महासेठ सहितको सहभगिता रहेको थियो ।







प्रतिक्रिया दिनुहोस्