ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रमको समुचित परिचालनबाट मात्रै समृद्धि सम्भव हुन्छ– मन्त्री बाँस्कोटा


एबीसी न्यूज

काठमाडौं, १ भाद्र । सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ज्ञान, पूँजी, प्रविधि र श्रमको समुचित परिचालनबाट मात्रै समृद्धि सम्भव हुने विश्वास व्यक्त गर्नुभएको छ ।

‘ढोरपाटन’ राष्ट्रिय दैनिक पत्रिकाको १६औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित ‘सङ्घीयतामा समृद्धि’ विषयको बहसमा सरकारका प्रवक्ता बाँस्कोटाले कसैको भिक्षा दानले देश नबन्ने तर्क गर्नुभयो । “आफ्नो देश आफैँ बनाउनुपर्छ”, उहाँले भन्नुभयो, “मित्रहरुको भर परेर हुँदैन ।” मन्त्री बाँस्कोटाले भूकम्पपछिको पुनःनिर्माणमा प्रतिबद्धता अनुसारको वैदेशिक सहयोग नआएको उल्लेख गर्नुभयो ।

“सपनाहरु मुर्छाबाट ब्युँझेका छन्, समृद्धिको सङ्कल्प कार्यान्वयनमा अनुदित हुँदैछ, अब अलमल गर्नुपर्ने केही छैन”, मन्त्री बाँस्कोटाले भन्नुभयो, “श्रम संस्कृतिमा ह्रास आइरहेको भन्दै उहाँले पढ्नु भनेको निर्देशक बन्ने मात्र होइन भन्नुभयो । मन्त्री बाँस्कोटाले हरेक नेपाली श्रम र उत्पादनसँग जोडिनुपर्ने धारणा राख्नुभयो । मन्त्रीलाई पनि अब भाषण गर्दै हिँड्ने फुर्सद नमिल्ने बताउँदै उहाँले भन्नुभयो, “मन्त्रीले प्रधानमन्त्रीसँग र सचिवले मन्त्रीसँग कार्यसम्पादन सम्झौता गर्नुभएको छ ।”

सो अवसर प्रतिनिधिसभा सदस्य डा सूर्य पाठकले समृद्धिकै लागि सङ्घीय प्रणाली ल्याइएको बताउनुभयो । ठूला र राष्ट्रिय महत्वका आयोजना अगाडि बढेको भन्दै केही वर्षभित्रै विकासले फड्को मार्ने बताउनुभयो । सरकारले केही गर्न खोज्यो कि स्वार्थ समूह विरोधमा आउने प्रवृत्ति गलत भएको उहाँको टिप्पणी छ ।

प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले सङ्घीयता कार्यान्वयनसँगै मुलुक विकास र समृद्धिको लक्ष्यमा अघि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो कसैले भनेर ल्याएको सङ्घीयता होइन, हाम्रै विशेषताअनुसार हामीले नै ल्याएको हो, सफल भएरै छोड्छ ।”

बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले तीन तहका सरकारबीच समन्वयको खाँचो औँल्याउनुभयो । “स्थानीय तहमा सबैभन्दा ठूलो कर्मचारी व्यवस्थापनको समस्या छ”, उहाँले भन्नुभयो, “बजेट र अधिकार क्षेत्रमा पनि केही अन्योल देखापरेका छन् ।” प्रमुख पौडेलले सङ्घीयतापछि खारेज भएका जिल्ला कार्यालयहरु पुनःस्थापना भइरहेको उल्लेख गर्नुभयो । “पचास हजार÷लाखका कार्यक्रम सङ्घ, प्रदेशबाटै आउने भएपछि स्थानीय तह किन चाहियो रु” उहाँले भन्नुभयो ।

नेपाल पत्रकार महासङ्घका पूर्वमहासचिव उजिर मगरले समतामूलक समाज निर्माणका लागि सङ्घीयता आएको बताउनुभयो । “समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्त सङ्घीयताको आधार हो”, उहाँले भन्नुभयो ।

पत्रिकाले वार्षिकोत्सवका अवसरमा ‘सङ्घीयतामा समृद्धि’ शीर्षकमा विशेषाङ्कसमेत प्रकाशन गरेको छ । उक्त अङ्कमा समृद्धिका मुद्दाबारे विभिन्न क्षेत्रका व्यक्तिका लेख समावेश गरिएको छ । विसं २०६० मा बागलुङदेखि प्रकाशन शुरु गरेको ढोरपाटन दैनिक हालै मात्र गण्डकी प्रदेश राजधानी पोखराबाट प्रकाशन तथा वितरण हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com