ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उत्पादित जनशक्ति विश्वभरका लागि क्षमतावान् छ– विकासमन्त्री घिमिरे


एबीसी न्यूज

 

काठमाडौं, १ भाद्र । प्रदेश नं– १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले मनमोहन प्राविधि विश्वविद्यालयबाट उत्पादित जनशक्ति विश्वभरि क्षमतावान भएर उभिनसक्ने बताउनुभएको छ ।

प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिम ‘मनमोहन प्राविधिक विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ माथिको सैद्धान्तिक छलफल आज समाप्त भएपछि उठेका प्रश्नको जवाफको क्रममा उहाँले विश्वविद्यालयबाट आधारभूत, माध्यमिक र उच्च जनशक्ति उत्पादन हुने जानकारी दिँदै नेपालको संविधान २०७२ को क्षेत्राधिकारबाट नै यो विश्वविद्यालय स्थापना गर्न लागेको स्पष्ट पार्नुभयो ।

उहाँले सो विश्वविद्यालय राजनीतिक आग्रह वा पूर्वाग्रहबाट नभइ प्रचलित ऐन र कानूनबाट सञ्चालन हुने कुरामा विश्वस्त रहन सबैलाई आग्रह गर्नुभयो । भौत्तिक सम्पति र मानवीय संशोधनले भरिपूर्ण रहेको मनमोहन पोलिटेक्निक इन्स्टिच्युटलाई प्राविधिक विश्वविद्यालय बनाउन लागेकामा गर्वको अनुभूति भइरहेको प्रसङ्ग उल्लेख गर्दै मन्त्री घिमिरेले विश्वविद्यालयलाई साझेदारीमा सञ्चालन गरिने बताउनुभयो । सो विधेयकमा सदस्य खिनु लाङ्बा लिम्बू, चुमनारायण तवदार, नवोदिता चौधरी, राजकुमार ओझा, वीणदेवी राई र सावित्राकुमारी रेग्मीले विश्वविद्यालयका विविध पक्षमा चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com