ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हल्कादेखि मध्यम वर्षाको सम्भावना


एबीसी न्यूज

काठमाडौं, १ भाद्र । आज देशभर आंसिक तथा सामान्य बदली रही देशको अधिकांस भागमा हल्का र मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यून चापीय प्रणाली औसत स्थानको आसपासमै रहेकाले वर्षा निरन्तर हुन नसकेको उक्त महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो ।यसवर्ष मनसुनको समयमा पनि स्थानीय वायु बढी सक्रिय हुँदा अपरान्हपछि मेघगर्जन र चट्ययङसहित हल्का तथा मध्यम वर्षा भइरहेको उहाँको भनाइ थियो ।

न्यून चापीय रेखा वर्षा गराउने वायु जुलाइको मध्यतिर मात्र नेपालमा पूर्णरुपमा प्रवेश गरेको र त्यसपछि औसत स्थान तथा आसपासमा मात्रै कायम रहेकाले मनसुनी गतिविधि लगातर सक्रिय हुन नसकेको मौसमविद्हरूले जनाएका छन् । आगामी मङ्गलबारदेखि देशको पश्चिमी भागबाट न्यून चापीय प्रणाली विस्तारै नेपालतिर प्रवेश गर्न शुरु गर्ने भएकाले सो दिनदेखि नेपालमा मनसुनी गतिविधि पुनःसक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति देशका आधिकांश स्थानमा सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र भोलि देशका धेरैजसो स्थानमा सामान्य बदली रही पूर्वी तथा मध्य भू–भागको एक– दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान गरिएको छ भने मङ्गलबार देशको धेरैजसो स्थानमा सामान्य बदली रही पूर्वी क्षेत्रका अधिकांश स्थानमा मध्य र पश्चिमी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

त्यस्तै महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान गदैँ देशको केही स्थानमा मेघगर्जन र चट्याङसहितको वर्षाको सम्भावना रहेकाले सतर्कता अपाउन आग्रह गरेको छ । साथै देशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सडक यातायातमा पहिरो भू–क्षयका कारण अवरोध आउनसक्ने भएकाले पहाडी भू–भागमा यात्रा गर्दा सचेत रहन पनि अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com