ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हल्कादेखि मध्यम वर्षाको सम्भावना


एबीसी न्यूज
भाद्र १, २०७६ आईतबार  २ : ०७ बजे

काठमाडौं, १ भाद्र । आज देशभर आंसिक तथा सामान्य बदली रही देशको अधिकांस भागमा हल्का र मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यून चापीय प्रणाली औसत स्थानको आसपासमै रहेकाले वर्षा निरन्तर हुन नसकेको उक्त महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो ।यसवर्ष मनसुनको समयमा पनि स्थानीय वायु बढी सक्रिय हुँदा अपरान्हपछि मेघगर्जन र चट्ययङसहित हल्का तथा मध्यम वर्षा भइरहेको उहाँको भनाइ थियो ।

न्यून चापीय रेखा वर्षा गराउने वायु जुलाइको मध्यतिर मात्र नेपालमा पूर्णरुपमा प्रवेश गरेको र त्यसपछि औसत स्थान तथा आसपासमा मात्रै कायम रहेकाले मनसुनी गतिविधि लगातर सक्रिय हुन नसकेको मौसमविद्हरूले जनाएका छन् । आगामी मङ्गलबारदेखि देशको पश्चिमी भागबाट न्यून चापीय प्रणाली विस्तारै नेपालतिर प्रवेश गर्न शुरु गर्ने भएकाले सो दिनदेखि नेपालमा मनसुनी गतिविधि पुनःसक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति देशका आधिकांश स्थानमा सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र भोलि देशका धेरैजसो स्थानमा सामान्य बदली रही पूर्वी तथा मध्य भू–भागको एक– दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान गरिएको छ भने मङ्गलबार देशको धेरैजसो स्थानमा सामान्य बदली रही पूर्वी क्षेत्रका अधिकांश स्थानमा मध्य र पश्चिमी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

त्यस्तै महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान गदैँ देशको केही स्थानमा मेघगर्जन र चट्याङसहितको वर्षाको सम्भावना रहेकाले सतर्कता अपाउन आग्रह गरेको छ । साथै देशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सडक यातायातमा पहिरो भू–क्षयका कारण अवरोध आउनसक्ने भएकाले पहाडी भू–भागमा यात्रा गर्दा सचेत रहन पनि अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बनेपामा मनाइयो २५०० वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा

होर्मुज जलसन्धिमा ‘प्रोजेक्ट फ्रीडम’: अलपत्र जहाज निकाल्न ट्रम्पको नयाँ सैन्य कदम

सम्बन्धित

मन्त्रालय गाभिने खाका आज मन्त्रिपरिषद्‌मा पेस हुँदै

केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

लिपुलेकबारे नेपालको दाबी भारतद्वारा अस्वीकार

फुकोट कर्णाली आयोजना: संसदीय अनुमोदन नपर्ने सर्वोच्चको फैसला, भारतलाई राहत !

अनामनगरको साततले घरमा दिउँसो डोजर चल्यो, साँझ मालिक पक्राउ

राष्ट्पतिले् संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्नुका कारण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com