ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजधानी र नजिकैका जीर्ण सडक बनाउन माग


एबीसी न्यूज

काठमाडौं, १ भाद्र । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले देशको राजधानी एवं सांस्कृतिक शहर काठमाडौँ तथा यहाँबाट बाहिर जोडिने प्रमुख सडकको अवस्था जीर्ण भएकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकको शून्य समयमा बोदै सांसद राजेन्द्रकुमार केसीले बल्खु–दक्षिणकाली सडक निर्माणको केही समय बित्न नपाउँदै बिग्रेकाले अनुगमन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई अनुरोध गर्नुभयो । भारतीय एक्जिम बंैकको ऋण सहयोगले बनाएको सडक पूरा नहुँदै भत्केकाले गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायीलाई कानूनी कारवाहीको दायरामा ल्याउन पनि स्थलगत निरीक्षण गर्न उहाँले माग गर्नुभयो ।

सांसद रामवीर मानन्धरले सांस्कृतिक शहर काठमाडौँमा ठेक्का भइसकेका सडक अलपत्र रहेको सुनाउनुहुँदै मेलम्चीले पाइप बिछ्याउन खनेका सडकका कारण जनताले सास्ती खेप्नुपरेको बताउनुभयो । मेलम्चीको काम छिटो सकेर सडकको काम सम्पन्न गर्नुपर्ने उहाँको भनाइ थियो । सांसद विमला नेपालीले दलित आयोगमा पदाधिकारी रिक्त रहेको लामो समय हुँदा दलितका मुद्दा ओझेलमा परेको बताउनुभयो । सांसद भीमसेनदास प्रधानले विश्वविद्यालयमा पदाधिकारीको अवधि सकिन लागेकाले नियुक्ति सम्बन्धमा भइरहेका गतिविधि पारदर्शी बनाई प्राज्ञिक मर्यादा कायम हुने गरी छनोट गर्न ध्यानाकर्षण गराउनुभयो ।

सांसद महेश बस्नेतले भक्तपुरमा खेलकूद मैदान निर्माणमा ढिलाइ गर्न नहुनेतर्फ सचेत गराउनुभयो । सांसद महेश्वरजङ्ग गहतराजले पत्रकार शालिकराम पुडासैनी आत्महत्याको घटनापछि कार्यक्रम प्रस्तोता रवि लामिछाने पक्राउ परेको विषयलाई लिएर हुलहुज्जत भइरहेकाले प्रहरीले अनुसन्धान गर्न पाउनुपर्ने विचार राख्नुभयो । सांसद मीनबहादुर विश्वकर्माले लोकसेवा आयोगले समावेशी सिद्धान्तविपरीत प्रकाशन गरेको विज्ञापन खारेज गरी अर्को प्रकाशन गर्न माग गर्दै शनिबार भएको प्रदर्शनमा नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष जगत बरामलगायतमाथि प्रहरीले बल प्रयोग गरी पक्राउ गरेको घटनाको निन्दा गर्नुभयो । समावेशी सिद्धान्तका सम्बन्धमा संवैधानिक व्यवस्था कार्यान्वयन गर्न उहाँले माग गर्नुभयो ।

सांसद मीना सुब्बाले सामुदायिक वन व्यवस्थापन पारदर्शी हुन नसकेको बताउनुहुँदै समुदायले जम्मा गरेको पैसा कहाँ छ भनी प्रश्न राख्नुभयो । सांसद मीना पाण्डेले सर्लाहीमा वन फाँडेर केही स्थानीय तहले सुकुम्बासीका नाममा बस्ती बसाउन लागेको घटना के हो भनी जिज्ञासा राख्नुभयो । सांसद मोहन बानियाँले मुगुमा शनिबार आएको बाढीले पानीको मुहानमा क्षति पुगेकाले पीडितलाई राहत दिन माग गर्नुभयो । सांसद यज्ञराज सुनुवारले पत्रकार शालिकराम पुडासैनी आत्महत्या घटनामा सत्यतथ्य पत्ता लगाई सार्वजनिक हुनुपर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद यशोदा गुरुङ सुवेदीले लोकसेवा आयोगले त्रुटिपूर्ण विज्ञापन गर्दा सडकमा विरोध भइरहेको र प्रदर्शनकारीमाथि हस्तक्षेप भइरहेको बताउनुभयो । सांसद रङ्गमती शाहीले पार्टी प्यालेसमा तीज मनाउन लगाइएको प्रतिबन्ध गलत रहेकाले खारेज हुनुपर्ने बताउनुहुँदै वर्षभर कमाएको पैसाले महिलाले रमाइलो गर्न नपाउनु न्यायोचित नहुने विचार राख्नुभयो । सांसद रामबहादुर विष्टले अछामका अस्पतालमा औषधि र स्वास्थ्यकर्मीसमेत नरहेकाले व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । सांसद रामेश्वरराय यादवले साउन २४ गते त्रिशूलीमा खसेका बसका मृतक र अज्ञात अवस्थामा रहेका परिवारलाई राहत उपलब्ध गराउन माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com