ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ढोरपाटनको पहिचान मासिनु हुँदैन– मन्त्री बाँस्कोटा


एबीसी न्यूज
भाद्र १, २०७६ आईतबार  १ : ०४ बजे

गलकोट, १ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालको पहिचानका रुपमा रहेको ढोरपाटन क्षेत्रको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ । ढोरपाटन दैनिकको १६औँ वार्षिकोत्सवको अवसरमा आज बागलुङमा आयोजित ‘सङ्घीयतामा समृद्धि’ विषयक बहस कार्यक्रममा मन्त्री बाँस्कोटाले उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्दा ढोरपाटनको पहिचान हराउन नदिने गरी अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।

समृद्धिका नाममा प्रकृति मास्न नहुने बताउँदै उहाँले भन्नुभयो, “पृथ्वी मासेर समृद्धि आउँदैन । नेपाल चिनाउने ढोरपाटनलाई पुरानै अवस्थामा राखौँ, पर्यटनको विकास गरौँ ।” उहाँले बागलुङ जिल्ला संस्कृतिमा समेत धनी रहेको बताउँदै गीत सङ्गीतले बागलुङलाई विश्वमै चिनाएको छ भन्नुभयो ।

खानी, पानी, श्रम र संस्कृतिले नेपालको समृद्धिलाई अगाडि बढाएको भन्दै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले यसको संरक्षणमा सबै लाग्नुपर्ने बताउनुभयो । “समृद्धि त हासिल गरेरै छाड्छौँ”, मन्त्री बाँस्कोटाले भन्नुभयो, “लगानी र प्रतिफलतर्फ सरकार अग्रसर छ, जनता ढुक्क भए हुन्छ ।” “धरहरा, अन्तरराष्ट्रिय विमानस्थल जस्ता कार्य निर्माण हुनु भनेको नै समृद्धि हो”, उहाँले भन्नुभयो, “काम भएन भएन भन्नेले केही वर्षमा देशले हासिल गरेको प्रगति देख्नेछन् ।”

उहाँले समृद्धिको आधारका रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्ग, कालीगण्डकी करिडोरलाई उपयोग गर्न सक्नुपर्ने बताउनुभयो । “समृद्धिका सपना पूरा गर्न यसका आधार निर्माण गर्नेतर्फ सरकार लागिपरेको छ”, मन्त्री बाँस्कोटाले भन्नुभयो, ‘‘समृद्धि र सुखी’ भन्ने नारा जनताको सङ्कल्प हो । यसलाई पूरा गराउन सरकार प्रतिवद्ध छ ।’’

मन्त्री बाँस्कोटाले डिजिटल नेपाल निर्माणमा आफू लागेको बताउँदै फोरजी, स्याटलाइटजस्ता सञ्चार प्रविधिको विकासमा नेपालले फड्को मारेको उल्लेख गर्नुभयो । सरकारले यस वर्ष पत्रकारसम्बन्धी १२ वटा कानून बनाउन लागेको जानकारी गराउँदै मन्त्री बाँस्कोटाले यो वर्ष पत्रकारका लागि महत्वपूर्ण रहनेछ भन्नुभयो ।

फरक प्रसङ्गमा मिडियालाई अपराध लुकाउन हैन, देखाउनका लागि उपयोग गर्न मन्त्री बाँस्कोटाले पत्रकारलाई आग्रहसमेत गर्नुभयो । “प्रहरीले स्वतन्त्ररुपमा कुनै पनि घटनाको अनुसन्धान गर्न सक्छ”, उहाँले भन्नुभयो, “गल्ती भए पत्रकार, नेता कसैलाई कानूनले छोड्दैन ।”

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का स्थायी कमिटी सदस्य तथा स्कूल विभागका उपप्रमुख देवेन्द्र पौडेलले सङ्घीयता कार्यान्वयनसँगै समृद्धिका लागि आधार निर्माण भइरहेको भन्दै सरकारले गति लिइरहेको दाबी गर्नुभयो । उहाँले जुनसुकै पार्टी भए पनि विकास र समृद्धि साझा नारा भएको बताउनुभयो ।

बागलुङबाट प्रकाशित ढोरपाटन दैनिक हालै मात्र गण्डकी प्रदेश राजधानी पोखराबाट प्रकाशन तथा वितरण हुन थालेको ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बनेपामा मनाइयो २५०० वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा

होर्मुज जलसन्धिमा ‘प्रोजेक्ट फ्रीडम’: अलपत्र जहाज निकाल्न ट्रम्पको नयाँ सैन्य कदम

सम्बन्धित

मन्त्रालय गाभिने खाका आज मन्त्रिपरिषद्‌मा पेस हुँदै

केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

लिपुलेकबारे नेपालको दाबी भारतद्वारा अस्वीकार

फुकोट कर्णाली आयोजना: संसदीय अनुमोदन नपर्ने सर्वोच्चको फैसला, भारतलाई राहत !

अनामनगरको साततले घरमा दिउँसो डोजर चल्यो, साँझ मालिक पक्राउ

राष्ट्पतिले् संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्नुका कारण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com