ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

होटल परिसरमा युवकको मृत्यु


एबीसी न्यूज
श्रावण ३२, २०७६ शनिबार  ७ : ३४ बजे

 

दोलखा, ३२ साउन । दोलखाको सदरमुकामम चरिकोट चरिघ्याङस्थित पानारोमा रिसोर्ट नजिकै गम्भीर अवस्थामा भेटिएको युवकको मृत्यु भएको छ । भीमेश्वर नगरपालिका–४ का २० वर्षीय पवन बस्नेतलाई गम्भीर अवस्थामा प्रहरीले फेला पारी उपचारार्थ चरिकोट प्रस्थापित अस्पतालमा पु¥याए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला कार्यालय दोलखाले जनाएको छ ।

बस्नेतलाई दुई/तीन जनाको समूहले नाङ्गेझार पारी सडक छेऊबाट करीब एक किलोमिटर टाढा लगी हतियारले प्रहार गरेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताउनुभयो ।

रिसोर्टमा बास बस्ने विदेशी नागरिकले हल्लाखल्ला र चित्कार सुनेको होटलवालालाई आज बिहानमा सुनाएपछि प्रहरीलाई होटलवालाले खबर गरेको प्रहरीले बताएको छ । सडकको छेउमा एउटा जुत्ता र सट भेटिएको र रिसोर्ट किचेन छेउको बाथरुमको बाहिरी भित्तामा रगतको आहाल रहेको प्रहरीले जनाएको छ । मृतक बलेरो चालक हुन् । अनुसन्धानका लागि उनका साथीलाई प्रहरीले गिरफ्तार गरेको बताएको छ । उनको शव चरिकोटस्थित शवगृहमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बनेपामा मनाइयो २५०० वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा

होर्मुज जलसन्धिमा ‘प्रोजेक्ट फ्रीडम’: अलपत्र जहाज निकाल्न ट्रम्पको नयाँ सैन्य कदम

सम्बन्धित

मन्त्रालय गाभिने खाका आज मन्त्रिपरिषद्‌मा पेस हुँदै

केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

लिपुलेकबारे नेपालको दाबी भारतद्वारा अस्वीकार

फुकोट कर्णाली आयोजना: संसदीय अनुमोदन नपर्ने सर्वोच्चको फैसला, भारतलाई राहत !

अनामनगरको साततले घरमा दिउँसो डोजर चल्यो, साँझ मालिक पक्राउ

राष्ट्पतिले् संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्नुका कारण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com