ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जग्गा अतिक्रमण सह्य हुँदैन–  मन्त्री अर्याल


एबीसी न्यूज

काठमाडौँ, ३२ साउन । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कुनै पनि सार्वजनिक जग्गा अतिक्रमण सरकारलाई सह्य नहुने भन्दै गुठी संस्थानले प्रदेश सरकार, स्थानीय तह तथा सरोकारवालासँग समन्वय नगरी कुनै पनि प्रक्रिया अघि नबढाउन निर्देशन दिनुभएको छ ।

गुठी संस्थानले पोखराको तालबाराही समिधा गुठीको जग्गा तीनवटै तहको सरकारलाई जानकारी नै नगराई भाडामा दिने प्रस्तावको विरोधमा गण्डकी प्रदेशका सांसद तथा पूर्व युवा सङ्घ नेपालका अध्यक्ष राजीव पहारीको नेतृत्वमा आएको टोलीले मन्त्री निवास ललितपुरमा बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री अर्यालले उक्त निर्देशन दिनुभएको हो ।

मन्त्री अर्यालले गुठी संस्थानले कुनै पनि निर्णय लिनुभन्दा अघि सोही स्थानमा गई त्यहाँका सरकार तथा सरोकारवालासँग प्रत्यक्ष छलफल तथा समन्वयय गरी निर्णय गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले संविधान गुठीको संरक्षण तथा सम्बद्र्धन गर्ने अधिकार प्रदेश सरकारको भएको जानकारी गराउनुभयो । उहाँले सरकारले ल्याएको गुठी विधेयकको पाना पनि नपल्टाई विरोध गरेको बताउँदै उक्त विधेयकले गुठीको सम्पत्ती, भेटीलगायतका कुरा व्यक्तिले प्रयोग गर्न नपाउने स्पष्ट व्यवस्था गरेको जानकारी गराउनुभयो ।

आगामी दिनमा सम्बन्धित सरोकारवाला निकाय, समुदाय तथा व्यक्तिसँग व्यापक मात्रामा छलफल गरी गुठी सम्बन्धी विधेयक तयार पार्ने प्रतिबद्धतासमेत जनाउनुभयो । मन्त्री अर्यालले विश्वकै पर्यटकीयस्थलको रुपमा परिचित फेवातालको संरक्षण तथा सम्बद्र्धनको लागि तीनवटै तहका सरकारहरु एकढिक्का भई सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले कार्यविधि नै बनाएर फेवातालको सीमाङ्कन गर्ने काम मन्त्रालयले अघि बढाइरहेको समेत जानकारी गराउनुभयो ।

सांसद पहारीले उक्त गुठीको जम्मा ७१ रोपनी जग्गामा ५५ रोपनी जग्गा व्यक्तिलाई ३९ वर्षको लागि भाडामा दिई सार्वजनिक जग्गालाई व्यक्तिको अधिनमा लैजान दिनु नहुनेमा जोड दिनुभयो । सार्वजनिक जग्गा अतिक्रमलाई प्रोत्साहन गर्ने कार्य सह्य नहुने बताउँदै सांसद पहारीले उक्त गुठीको जग्गा गलत नियत भएकाले कसैलाई प्रभावमा पारी आफ्नो मातहतमा ल्याउने घृणित कार्य गर्ने प्रयास गरको बताउनुभयो ।

देशभर भइरहेका सार्वजनिक जग्गा अतिक्रणलाई रोक्नुपर्ने बताउँदै सांसद पहारीले उक्त गुठीको जङ्गलले फेवाताल तथा बस्तीको संरक्षण गरेको बताउनुभयो । उहाँले भ्रमण वर्ष २०२० को लागि उक्त स्थान एक महत्वपूर्ण पर्यटकीय स्थल रहेको बताउनुभयो ।भ्रमण वर्षको अवसरमा पोखरामा पर्यटकलाई आकर्षण गर्नको निम्ति फेवाताल तथा आसपासमा पर्यटकमैत्री पार्क निर्माण गर्नुपर्ने बताउँदै उहाँले आन्तरिक तथा बाह्य पर्यटकको लागि नेपाल ट्रष्टको मातहतमा रहेको हिमागृह रत्न मन्दिर खुल्ला गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा गुठी संस्थानका प्रमुख प्रशासक नारायण चौधरीले गुठीको मातहतमा देशभर करीब दुई हजार ४०० रोपनी जग्गा रहेको र उक्त जग्गालाई संरक्षण गर्न लागिपरेको बताउनुभयो । सरकारले संस्थानको लागि कुनै पनि आर्थिक तथा प्रशासनिक सहयोग नगर्ने भएकाले गुठीको जग्गाबाट नै संस्थानको आर्थिक तथा प्रशासनिक खर्च सञ्चालन गर्नुपर्ने भएकाले जग्गा भाडामा दिनु बाध्यता रहेको समेत उहाँले बताउनुभयो ।

उहाँले तालबाराही समिधा गुठीको ७१ रोपनी जग्गामा ५५ रोपनी जग्गा भाडामा दिने र बाँकी १६ रोपनी जग्गा सम्बन्धित गुठीयार तथा उक्त स्थानमा बसोवास गरिरहेकालाई नै दिने संस्थागत निर्णय गरेको जानकारी गराउनुभयो । उहाँले पोखरा महानगरपालिकाले उक्त भाडामा दिने प्रक्रिया रोक्नका लागि ध्यानाकर्षण पत्र तथा जानकारी पत्र पठाएअनुसार संस्थानले उक्त प्रक्रिया रोकिसकेको समेत जानकारी गराउनुभयो । उहाँले आगामी दिनमा उक्त जग्गाका सवालमा तीनवटै सरकार तथा स्थानीय सरोकारवालासँग छलफल तथा समन्वय गर्ने साथै सरकारको निर्देशनअनुसार अघि बढ्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com