ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रवि लामिछानेसहित तीन जनालाई अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न म्याद थप


एबीसी न्यूज

भरतपुर, ३१ साउन । चितवन जिल्ला अदालतले न्यूज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न म्याद थप गरेको छ । न्यायाधीश विनोदकुमार गौतमको इजलासले पक्राउ गरेको दिनदेखि पाँच दिन म्याद थप गरेको हो ।
अदालतले पूर्व सहकर्मी शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन गरेको कसुरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको अदालतका श्रेष्तेदार रुद्रमणि गिरीले जानकारी दिनुभयो । प्रहरीले लामिछानेसँगै पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई अदालतमा उपस्थित गराइएको थियो । लामिछानेलगायत तीन जनाको पक्षबाट वरिष्ठ अधिवक्ता सुनिल पोखरेल, चुडामणि सापकोटासहित तीन वकिलले बहस गर्नुभएको छ ।
तीनै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिने बताइएको छ । कानूनी प्रावधानअनुसार बढीमा २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सकिन्छ । माउण्टेन टेलिभिजनका पत्रकार पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरिएको अभियोगमा प्रहरीले तीनै जनालाई काठमाडौँबाट पक्राउ गरी चितवन अदालतमा हाजिर गराएको हो । लामिछानेका समर्थकले आज दिनभर जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत परिसरमा प्रदर्शन गरेका छन् । उनीहरुले लामिछानेको यथाशीघ्र रिहाइको माग गरेका छन् । लामिछाने र कँडेललाई न्यूज २४ को कार्यालयबाट तथा कार्कीलाई काठमाडौँको कलङ्कीबाट बिहीबार साँझ पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com