ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डडेल्धुरामा बाँदर आतङ्क : कृषक भन्छन्– के खाने, के लाउने


एबीसी न्यूज

डडेल्धुरामा, २७ साउन । डडेल्धुरामा विभिन्न स्थानमा बाँदरले अन्नबाली खान थालेपछि किसान चिन्तित भएका छन् । खेतीपातीबाट घर खर्च चलाइरहेका यहाँका किसानलाई जङ्गली जनावरले लगाएको अन्नबाली खान थालेपछि के खाने, के लाउने भन्ने समस्याले पिरोल्न थालेको छ ।

जिल्लाका सात वटै स्थानीय तहमा जङ्गली जनावरले खेतमा लगाएको मकैबाली, दलहन तथा तरकारी सबै नष्ट गर्ने गरेको स्थानीयवासीको भनाइ छ । विगत ६/७ वर्षदेखि बाँदर आतङ्कले सताएको अमरगढी नगरपालिका—८ का स्थानीयवासी लक्ष्मी गैरालले बताउनुभयो । खाना पकाएर अन्य कामका लागि बाहिर गएको बेला बाँदरले घरभित्र पसेर खाना पनि खाइदिने गरेको छ । उहाँले भन्नुभयो, “दिनभरि बाँदर धपाउनुपर्छ, घरको काम सबै छुट्छ । के खाने, के लगाउने भन्ने पीर हुन्छ ।”

बाँदरले लगाएको खेती सखाप पार्न थालेसँगै व्यावसायिक कृषिको विकल्प सोच्नुपर्ने अवस्था आएको किसानको भनाइ छ । विगतमा बाँदर धपाएर पनि बालीको संरक्षण गर्न सकिने गरेकामा पछिल्ला दिनमा धपाउन जाँदा उल्टै बाँदरले आक्रमण गर्ने गरेको अमरगढी—८ का कृषक बिस्ना गैरालले बताउनुभयो । लगाएको अन्नबाली जङ्गली जनावरले नष्ट गर्न थालेपछि किसान खेतबारी बाँझै छोडेर विदेश जाने क्रम बढेको छ ।

वन्यजन्तु संरक्षण ऐनले बाँदरलाई मार्न नपाइने जनावरका रूपमा सूचीकृत गरेको छ । कृषकले राज्यले बालीनालीको उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गरेका छन् । गाउँमा मान्छेभन्दा बाँदर धेरै आउने गरेको अमरगढी—११ फिन्नेकोटका स्थानीयवासी लोकबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “सम्बन्धित निकायसँग क्षतिपूर्तिको माग गर्दासमेत दिएनन् ।”

स्थानीयवासीले बाँदर धपाउनका लागि स्थानीय प्रशासनले सहयोग गर्नुपर्ने माग गरेका छन् । बाँदर आतङ्क भए पनि स्थानीय सरकारले केही पनि पहल नगरेको भागेश्वर गाउँपालिका–१ का रमेशबहादुर ठकुराठीको आरोप छ । जिल्लाका विभिन्न गाउँमा बाँदरले बाली खाइदिएपछि जिल्ला कृषि विकास कार्यालयमा गुनासो आउने गरेको छ । कृषकले बाँदरको व्यवस्थापन एवम् क्षतिपूर्तिको माग गर्दै आए पनि त्यस सम्बन्धमा स्पष्ट नीति तयार नहुँदा उनीहरूले राहत तथा क्षतिपूर्ति पाउन सकेका छैनन् । नेपाल कृषि प्रधान देश भएकाले बाँदर न्यूनीकरणका लागि पहल गरेर कृषि उत्पादनमा जोड दिने अमरगढी नगरपालिका–८ का अध्यक्ष नरबहादुर साँकीको भनाइ छ ।

जिल्लाको अमरगढी नगरपालिका, भागेश्वर गाउँपालिका, अजयमेरु, गन्यापधुरा र नवदुर्गा गाउँपालिकाका विभिन्न वडामा बाँदर आतङ्कले मुख्य खाद्यबालीका रूपमा रहेको मकै बचाउन हम्मेहम्मे परेको छ । उता जङ्गली जनावरको आतङ्क न्यूनीकरणका लागि अजयमेरु गाउँपालिकाले वडा न। २ मा तारजालीको व्यवस्था गरेको गाउँपालिकाका प्रवक्ता तथा वडा नं २ का अध्यक्ष शिवराज भट्टले बताउनुभयो । जङ्गली जनावरबाट अन्नबाली जोगाउनका लागि गाउँपालिकाका ६ वटै वडामा तारजालीको व्यवस्था गर्ने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com