ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मिडियाले अग्रगमन, सुशासन र विकासलाई साथ दिनुपर्छ– मन्त्री बाँस्कोटा


एबीसी न्यूज
श्रावण २०, २०७६ सोमबार  ८ : ३४ बजे

काठमाडौँ,  २० साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मिडियाले अग्रगमन, सुशासन र विकासलाई साथ दिनुपर्ने बताउनुभएको छ ।

आर के मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित कलर्स एफएम १०२.४ मेगाहर्जको आज उद्घाटन गर्दै उहाँले मिडियाले सामाजिक उत्थान र परिवर्तनको अभियन्ताको दायित्व निर्वाह गर्नुपर्ने बताउनुभयो । गणतन्त्र आए पनि विभेदका कारण आम जनताले गणतन्त्रको अनुभूति गर्न नपाएका कारक विरुद्धको मोर्चाको नेतृत्व गर्नुपर्ने आवश्यकतामा जोड दिँदै उहाँले पत्रकारितालाई शुद्धीकरण गर्दै देश, समाज, लोकतन्त्र र निमुखा जनताका हितका पक्षमा उभिनु जरुरी भएको धारणा राख्नुभयो ।

मन्त्री बाँस्कोटाले भन्नुभयो, “पत्रकारिता हुनेखानेका लागि र व्यापारका लागि गर्ने मनोविज्ञानको अन्त्य गर्नुपर्दछ ।” उहाँले एफएमबाट प्रसारण हुने सामग्री कानमा गुञ्जिने र मनमा छाप पार्ने हुनुपर्नेमा जोड दिँदै मनको ढुकढुकी बन्न जनताको चेतना स्तर वृद्धि, आवश्यकता र जीवनोपयोगी सामग्री उत्पादनमा ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो ।

सरकारले पत्रपत्रिकाको विकासका लागि लोककल्याणकारी विज्ञापनको प्रतिशतमा वृद्धि र श्रमजीवीका लागि पारिश्रमिकमा वृद्धि गरेको उल्लेख गर्दै उहाँले यसबाट आगामी दिनमा सकारात्मक परिवर्तनका परिणाम देखिने विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकारले राष्ट्र र जनताका पक्षमा दिनदिनै नयाँ नयाँ काम गरिरहेकाले आउने दिनमा समृद्धिको तीव्रताबाट राष्ट्र र जनताको मुहार हँसिलो देख्न पाइने धारणा राख्नुभयो ।

पूर्वमन्त्री यदुवंश झाले वर्षौंदेखि पत्रकारिता गरिरहेका पत्रकारको जीवन निर्वाहका लागि वृत्तिविकास कोषको व्यवस्था सरकारले गर्नुपर्ने खाँचो औँल्याउनुभयो । एफएमका प्रबन्ध निर्देशक रूपेशकुमार सिंहले सञ्चार गृहको विकासका लागि सरकारले सोच्नुपर्नेमा जोड दिनुभयो । नेकपाका केन्द्रीय सदस्य श्रीप्रसाद साह र योगनारायण यादव, समाजसेवी गङ्गाप्रसाद यादव र साहित्यकार परमेश्वर कापडीले एफएमहरूले ज्ञानवद्र्धक सामग्री प्रसारण गर्नु जरूरी रहेको धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा सुकुम्वासीको प्रदर्शन

‘सार्वभौम सीमा रक्षाका लागि अविलम्ब कूटनीतिक पहल गर’– पूर्वराजदूत

सम्बन्धित

विद्यार्थी संघ–संगठन खारेज गर्ने निर्णयविरुद्ध कारण देखाऊ आदेश

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

प्रधानमन्त्री शाहको झुटो दाबीमाथि पूर्वअधिकारीको ‘काउन्टर’

सरकारले फेरि भन्यो– लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने बाटोमा पर्ने भू–भाग हाम्रै हो

फिर्ता भएको अध्यादेश पुनः अघि बढाउने सरकारको निर्णय, संवैधानिक बहस चर्कियो

संविधान संशोधन बहस सघन, न्यायपालिका सुधारबारे विज्ञहरूबीच मतभेद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com