ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तर्राष्ट्रिय विमानस्थल चौबीसै घण्टा सञ्चालनको माग


एबीसी न्यूज

काठमाडौँ,  २० साउन  । नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट्स नाट्टा ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ सञ्चालनका लागि सरकारसँग माग गरेको छ । नाट्टाका पदाधिकारीसहितको टोलीले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई सिंहदरबारमा भेटगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विद्यमान हवाई चाप व्यवस्थापनका लागि विमानस्थल २४ सै घण्टा सञ्चालनका लागि आग्रह गरेको हो ।

विमानस्थलमा हवाई ट्राफिकको चाप बढेका कारण लामो समय विमान आकाशमै ‘होल्ड’ गरी राख्नुपर्ने अवस्था रहेको र उडान गर्नुपर्ने विमान समयमा उडान गर्न नपाइरहेको अवस्थालाई न्यूनीकरण गर्न तत्काल सुधारका काम थाल्न आग्रह गरिएको छ । नाट्टाले पर्यटन क्षेत्रका विद्यमान समस्या, गरिनुपर्ने सुधार तथा सुझावसहितको १२ बुँदे प्रस्ताव मन्त्री भट्टराईसमक्ष पेश गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो पटक धावनमार्ग स्तरोन्नति ‘रनवे रिह्याब’ को काम हालै सम्पन्न भएको छ । अघिल्लो वर्ष जेठ १२ देखि विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा आएको थियो । गत चैत २८ देखि जेठ मसान्तसम्म धावनमार्गको मर्मतको अवधिमा विमानस्थल दैनिक १४ घण्टा सञ्चालन भयो भने अहिले मर्मतपछि दैनिक पुनः २१ घण्टा सञ्चालन भइरहेको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले विमानस्थलको स्तरोन्नतिसँगै पूर्ण क्षमतामा सञ्चालनका लागि आवश्यक सुधारका काम तीव्र गतिमा भइरहेको जानकारी दिनुभयो ।

विमानस्थलको बढ्दो हवाई चाप नियन्त्रण तथा सेवा स्तरीकरणका लागि काम अघि बढाइएको उहाँले उल्लेख गर्नुभयो । उहाँका अनुसार विमानस्थलको मर्मतको बाँकी काम आगामी सेप्टेम्बर १ देखि शुरु भई डिसेम्बर ३१ मा सम्पन्न हुनेछ । यो चरणमा विमानस्थलको ‘ट्याक्सी वे’, ‘लिङ्क रोड’ निर्माण लगायतका काम सम्पन्न गरिनेछ । अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलका रुपमा स्थापित गर्ने उद्देश्यले सुधारका काम थालिएको छ ।

नाट्टाका अध्यक्ष सीएन पाण्डेले पर्यटकको पहिलो प्रवेशद्वार विमानस्थल भएकाले मुलुकबारे पहिलो प्रभाव पार्ने हुँदा विमानस्थलको सबै सेवालाई चुस्त र प्रभावकारी तुल्याउन आग्रह गर्नुभयो । उहाँले विमानस्थलको भौतिक संरचनाको ९पार्किङ, ट्रली, शौचालय, टेलिभोन, नियमित सरसफाइ आदि० सुधार र सदृढीकरण अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।

पर्यटन क्षेत्रलाई अझ सबल बनाउन दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको टड्कारो आवश्यकता भएकाले बाराको निजगढ विमानस्थलको निर्माण कार्य यथाशिघ्र शुरु गर्न नाट्टाले माग गरेको छ । यस्तै, निर्माणाधीन भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई पनि वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा समयमै निर्माण सम्पन्न गरि यथाशक्य सञ्चालनमा ल्याउन तथा विराटनगर, धनगढीलगायत विमानस्थलको स्तरोन्नति गरिनुपर्ने सुझावपत्रमा उल्लेख छ ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स० को कार्यक्षमतासँग प्रत्यक्ष रुपमा पर्यटक आगमनको सम्बध रहेको र नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न अन्तर्राष्ट्रिय उडानका लागि जहाज थपेर सेवालाई प्रभावकारी बनाउन आग्रह गरिएको छ ।

यसैवर्षभित्र कम्तिमा निगमसँग छ वटा न्यारो बडी तथा चार वटा वाइड बडी जहाज भित्र्याउनुपर्ने आवश्यकता रहेकामा दुई वटा न्यारो बडी सञ्चालनमा आएका र गत वर्ष खरीद गरिएका दुई वाइड बडी जहाज अन्तर्राष्ट्रिय लामा गन्तव्यमा उड्न नसक्नु विडम्बनापूर्ण भएको भन्दै नाट्टाले निगमको हालको व्यवस्थापन सुधार गरी युरोप अमेरिकालगायत चीन, दक्षिण कोरिया तथा जापानजस्ता मुलुकमा प्रमुख गन्तव्यमा उडाउने वातावरण सिर्जना गर्न सुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com