ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यमनको सैनिक परेडमा आक्रमण, ३२ जनाको मृत्यु


एबीसी न्यूज
श्रावण १७, २०७६ शुक्रबार  ८ : ३८ बजे


यमन, १७ साउन । यमनको सैनिक परेडमा हुथी विद्रोहीहरुले आक्रमण गर्दा ३२ जनाको ज्यान गएको छ भने दर्जनभन्दा बढी घाइते भएका छन् ।

विद्रोही समूहले सैनिक परेडमा मिसाइल र ड्रोनमार्फत आक्रमण गरेका थिए । हुथी विद्रोहीद्वारा सञ्चालित एक टेलिभिजन च्यानलका अनुसार दक्षिणी क्षेत्रको तटीय शहर अदनमा चलिरहेको सैनिक परेडमा आक्रमण गरेको बीबीसीले उल्लेख गरेको छ ।

अदन शहर यमनको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारको शक्ति केन्द्र हो । यसअघि पनि अदन शहरको एउटा प्रहरी कार्यालयमा आत्मघाती बम आक्रमण हुँदा १० जनाको ज्यान गएको थियो । सैनिक परेड र प्रहरी कार्यालयमा भएको आक्रमणको सम्बन्ध एकआपसमा जोडिएको छ कि छैन भन्ने बारे अहिलेसम्म जानकारी प्राप्त भएको छैन ।

आक्रमणको दृश्य निकै दर्दनाक रहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । एक प्रत्यक्षदर्शीले समाचार एजेन्सी रोयटर्ससँग भनेका छन् ‘शवका टुक्राहरु जमिनमा छरिएका थिए र केही सैनिकहरु रोइरहेका थिए ।’

सन् २०१५ को मार्च महिनामा हुथी विद्रोहीहरुले देशको पश्चिमतर्फको ठूलो क्षेत्र कब्जा गरेका थिए । त्यसपछि तत्कालीन राष्ट्रपति अबद रबू मन्सुर हादी यमन छाडेर भाग्न बाध्य भएका थिए । त्यसयता यमन युद्धग्रस्त बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस कार्यसम्पादन समिति बैठकका ७ बुँदे निर्णय सार्वजनिक (पूर्णपाठ)

७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा सुकुम्वासीको प्रदर्शन

सम्बन्धित

होर्मुज जलसन्धिमा ‘प्रोजेक्ट फ्रीडम’: अलपत्र जहाज निकाल्न ट्रम्पको नयाँ सैन्य कदम

लिपुलेक विवाद: नेपालको कूटनीतिक ‘नोट’ र छिमेकीको बेवास्ता

चीन र अमेरिका आणविक विनाशको जोखिम निम्त्याउँदै

ट्रम्पद्वारा युरोपेली गाडीहरूमा कर बढाउने घोषणा: व्यापार युद्धको खतरा

इरान युद्धमा मतभेद: ट्रम्पद्वारा जर्मनीबाट अमेरिकी सेना कटौतीको घोषणा

बुद्ध पूर्णिमाको अवसरमा म्यानमारमा १५ सयभन्दा बढी कैदीलाई आममाफी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com