ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वार्षिक बजेटमा प्रदेशभरिमा ५८.१५ प्रतिशत प्रगति


एबीसी न्यूज
श्रावण १४, २०७६ मंगलबार  १२ : ३९ बजे

काठमाडौं, १४ साउन । प्रदेश नं १ मा आर्थिक वर्ष २०७५/७६ मा कूल वार्षिक बजेटमा ५८.१५ प्रतिशत वित्तीय प्रगति भएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालय विराटनगरले जनाएको छ । वार्षिक बजेट रु ३६ अर्ब ४३ करोड १० लाख ४० हजारमा रु २१ अर्ब १८ करोड ३७ लाख ६० हजार खर्च गरेर सो प्रगति हासिल गरेको हो ।

कार्यालयका अनुसार सो अवधिमा पूँजीगत वार्षिक बजेट रु १९ अर्ब ४४ करोड २६ लाख ६५ हजारमा रु ११ अर्ब ३७ करोड ५१ लाख १४ हजार खर्च भई ५८.५६ प्रतिशत प्रगति भएको छ भने चालू खर्च रु १६ अर्ब ९८ करोड ८३ लाख ७५ हजारमा रु नौ अर्ब ८० करोड ८६ लाख ४५ हजार खर्च भई ५७.७४ प्रतिशत प्रगति गरेको लेखा अधिकृत अन्तिमकुमार आचार्यले जानकारी दिनुभयो ।

कार्यालयबाट प्राप्त विवरणअनुसार विसं २०७६ असार ३१ गते सम्ममा प्रदेशअन्तर्गत ताप्लेजुङमा चालू खर्च रु ११ करोड ५३ लाख नौ हजार भई प्रगति ८३.८५ प्रतिशत र पूँजीगत रु १३ करोड ६६ लाख २९ हजार खर्च भई ७७.७५ प्रतिशत, पाँचथरमा चालू खर्च रु २२ करोड ८५ लाख ७८ हजार खर्च भई प्रगति ७५.६५ प्रतिशत र पूँजीगत खर्च रु एक अर्ब ४६ करोड १३ लाख ५८ लाख खर्च भई प्रगति ७९.१४ प्रतिशत, इलाममा चालू खर्च रु २२ करोड ६६ लाख ९८ हजार खर्च भई प्रगति ७९।०९ प्रतिशत र पूँजीगत रु ५५ करोड १० लाख ४३ हजार खर्च भई प्रगति ७६.५४ प्रतिशत, सङ्खुवासभामा चालू खर्च रु १८ करोड ९३ लाख ७० हजार खर्च भई प्रगति ८२.५० प्रतिशत र पूँजीगत खर्च रु ५६ करोड ४९ लाख १३ हजार खर्च भई प्रगति ४९.७९ प्रतिशत गरेको छ ।

यस्तै, तेह्रथुममा चालू खर्च रु १२ करोड ८० लाख ३९ हजार खर्च भई प्रगति ८८.१३ प्रतिशत र पूँजीगत खर्च रु १५ करोड ९८ लाख ४८ हजार खर्च भई प्रगति ८०.६५ प्रतिशत, धनकुटामा चालू खर्च रु ४७ करोड १३ लाख ३९ हजार खर्च भई प्रगति ७४.०९ प्रतिशत र पूँजीगत खर्च रु ८५ करोड ५५ लाख ७८ हजार खर्च भई प्रगति ८४.५९ प्रतिशत, भोजपुरमा चालू खर्च रु १६ करोड २३ लाख ९२ हजार खर्च भई प्रगति ७८.०१ प्रतिशत र पूँजीगत खर्च रु ४७ करोड ६५ लाख ७६ हजार खर्च भई प्रगति ५५.१२ प्रतिशत, खोटाङमा चालू खर्च रु १५ करोड ४० लाख एक हजार खर्च भई प्रगति ८३.०३ प्रतिशत र पूँजीगत खर्च रु २६ करोड १६ लाख १६ हजार खर्च भई प्रगति ८२.७२ प्रतिशत, सोलुखुम्बूमा चालू खर्च रु १८ करोड ८० लाख ६३ हजार खर्च भई प्रगति ८३.०३ प्रतिशत र पूँजीगत खर्च रु १३ करोड ९१ लाख ७० हजार खर्च भई प्रगति ७९.५० प्रतिशत, ओखलढुङ्गामा चालू खर्च रु २२ करोड १७ लाख २९ हजार खर्च भई प्रगति ७९.२९ प्रतिशत र पूँजीगत खर्च रु ७८ करोड ७० लाख ५९ हजार खर्च भई प्रगति ५८.३४ प्रतिशत प्रगति हासिल गरेको छ ।

त्यसैगरी उदयपुरमा चालू खर्च रु २७ करोड ९९ लाख २४ हजार खर्च भई प्रगति ७५.५८ प्रतिशत र पूँजीगत खर्च रु ४८ करोड ८१ लाख ८७ हजार खर्च भई प्रगति ६५.०१ प्रतिशत, झापामा चालू खर्च रु ५२ करोड ९९ लाख ७५ हजार खर्च भई प्रगति ८४.५९ प्रतिशत र पूँजीगत खर्च रु एक अर्ब ६९ करोड ८९ लाख १४ हजार खर्च भई प्रगति ६७.५१ प्रतिशत, मोरङमा चालू खर्च रु छ अर्ब २९ करोड ६८ लाख ३६ हजार खर्च भई प्रगति ५१.६२ प्रतिशत र पूँजीगत खर्च रु दुई अर्ब ९२ करोड ४४ लाख ६७ हजार खर्च भई प्रगति ४०.१८ प्रतिशत र सुनसरीमा चालू खर्च रु ६१ करोड ६३ लाख ८६ हजार खर्च भई प्रगति ५३.२१ प्रतिशत र पूँजीगत खर्च रु ८६ करोड ९७ लाख ५० हजार खर्च भई ७८.७८ प्रतिशत प्रगति हासिल गरेको छ ।

तुलनात्मक रुपले हेर्दा सबैभन्दा कम मोरङमा पूँजीगत प्रगति ४०.१८ र सबैभन्दा बढी पूँजीगत प्रगति धनकुटामा ८४.५९ प्रतिशत भएको छ । वित्तीय हस्तान्तरणतर्फ ९स्थानीय निकायतर्फको रकम मोरङ जिल्लाको चालू खर्चमा समावेश भएको खर्च शीर्षकअन्तर्गत समानीकरणतर्फ रु ५० करोडमा रु ४९ करोड ९९ लाख ९९ हजार खर्च भई १०० प्रतिशत प्रगति र सशर्त अनुदानतर्फ रु तीन अर्ब २३४ करोड ८० लाख ७१ हजारमा रु तीन अर्ब १९ करोड ७९ लाख ९६ हजार खर्च भई ९८.७६ प्रतिशत प्रगति भएको विवरणमा उल्लेख छ ।

यसैगरी, आन्तरिक आयतर्फ घरजग्गा रजिष्ट्रेशनमा रु ९० करोड तीन लाख ९१ हजार, सवारीसाधन कर रु एक अर्ब ११ करोड ३९ लाख ५७ हजार, मनोरञ्जन र विज्ञापन कर रु १७ लाख ७४ हजार, निकासी शुल्क रु नौ करोड ३२ लाख ८५ हजार, प्राकृतिक स्रोत बिक्री रु १६ करोड २५ लाख ५६ हजार, नगद मौज्दात गत आवको बाँकी रु ३६ करोड ८७ लाख ७९ हजार र विविध आय सशर्त अनुदान फिर्ता रु ८१ लाख ६८ हजार गरी रु दुई अर्ब ६४ करोड ८९ लाख १२ हजार आय भएको छ ।

यस्तै, सङ्घीय सरकारबाट प्राप्त राजश्व बाँडफाँड रु छ अर्ब ८६ करोड ७६ लाख ८२ हजार, समानीकरण अनुदान रु छ अर्ब ६१ करोड तीन लाख, सशर्त अनुदान रु १० अर्ब ५४ करोड ७३ लाख ५६ हजार र विशेष अनुदान रु ६५ करोड ७१ लाख छ हजार गरी रु २५ अर्ब ३६ करोड २४ लाख ४४ हजारसमेत गरी कूल आय रु २८ अर्ब एक करोड १३ लाख ५७ हजार र कूल खर्च रु २१ अर्ब १८ करोड ३७ लाख ६० हजार भई फरक रकम रु छ अर्ब ८२ करोड ७५ लाख ९७ हजार भएको अधिकृत आचार्यले जानकारी दिनुभयो ।

प्रदेश नितान्तरूपमा नयाँ भएको र सबै संरचनाहरू खडा भइनसकेको अवस्थामा प्रदेश सरकारले शून्य अवस्थाबाट काम शुरु गरेकाले गएको आर्थिक वर्षमा प्रगति उल्लेखनीय हासिल गर्न नसके पनि चालू आर्थिक वर्षमा जेठ १५ गतेभित्रमा विकासका योजना सम्पन्न गर्ने सरकारको सङ्कल्पले प्रगति उल्लेखनीय हुने आशाा राख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस कार्यसम्पादन समिति बैठकका ७ बुँदे निर्णय सार्वजनिक (पूर्णपाठ)

७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा सुकुम्वासीको प्रदर्शन

सम्बन्धित

विद्यार्थी संघ–संगठन खारेज गर्ने निर्णयविरुद्ध कारण देखाऊ आदेश

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

प्रधानमन्त्री शाहको झुटो दाबीमाथि पूर्वअधिकारीको ‘काउन्टर’

सरकारले फेरि भन्यो– लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने बाटोमा पर्ने भू–भाग हाम्रै हो

फिर्ता भएको अध्यादेश पुनः अघि बढाउने सरकारको निर्णय, संवैधानिक बहस चर्कियो

संविधान संशोधन बहस सघन, न्यायपालिका सुधारबारे विज्ञहरूबीच मतभेद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com