ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिक्रियावादीहरु परिवर्तन उल्ट्याउन लागे– अध्यक्ष दाहाल


एबीसी न्यूज

 

काठमाडौँ, १३ साउन  । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादीहरु परिवर्तन उल्ट्याउन लागिपरेको बताउनुभएको छ । नेत्रविक्रम चन्द समूहका नेता कार्यकर्तालाई आज पार्टी प्रवेश गराउँदै उहाँले जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था उल्ट्याउन केही तत्व लागिपरेको बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “अझै पनि प्रतिक्रियावादीहरु वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन पाएहुन्थ्यो भन्नेमा छन् ।” जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्न सबै एकताबद्ध भएर लाग्नुपर्ने उहाँको भनाइ थियो ।

अध्यक्ष दाहालले भन्नुभयो, “यो व्यवस्था नै उल्टियो भने नेपाल नै बर्बाद हुने खतरा छ ।” उहाँले जनता र राष्ट्रलाई माया गर्ने र परिवर्तनलाई रुचाउने सबै नेता तथा कार्यकर्ता एक ठाउँमा एकताबद्ध भएर यो व्यवस्थाको रक्षा गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याउने नेताविरुद्ध षड्यन्त्र र प्रचार गरेर सिध्याइयो भने व्यवस्था पनि सिध्याउन सकिन्छ भन्नेमा प्रतिक्रियावादी रहेका छन् ।”

सङ्घीय लोकतान्त्रिक गणतन्त्र रहँदासम्म आफूहरु कोही पनि कमजोर नहुने उहाँको भनाइ थियो । “हामीले खोजेको यो भन्दा धेरै थियो, अहिलेको देश, विश्व र शक्ति सन्तुलनले गर्दा प्राप्त उपलब्धिमा टेकेर अगाडि जाने भनेर आएको हो”, अध्यक्षले भन्नुभयो । क्रान्ति दुई/चार जनाको रहले नहुने उल्लेख गर्दै उहाँले समाजवाद स्थापना गर्ने उद्देश्यमा समाहित भएर अगाडि बढ्न सबैलाई आग्रह गर्नुभयो । पार्टी प्रवेश गर्नेलाई उचित जिम्मेवारी दिइने उहाँले बताउनुभयो ।

नवप्रवेशी सो समूहका ब्यूरो सदस्य रमण घिमिरेले क्रान्तिका नाममा आफूहरुले बाटो बिराएको महशुस भएपछि चन्द समूह परित्याग गरी नेकपामा प्रवेश गरेको बताउनुभयो । नेकपा प्रवेश गर्नेमा ब्यूरो सदस्य घिमिरे, आवास मन्सुरी, सुरेशकुमार यादव, विनोद केसी, सुवास तिवारी, राजकुमार केसी खत्री, सन्दिपकुमार कार्की र नमराज शर्मा लगायत छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com