ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक्लिएको बाघ सिकार गर्न अल्छी गर्ने र सहज खानेकुराको बाटो खोज्दै बस्ती पस्ने गर्छ


एबीसी न्यूज

काठमाडौँ, १३ साउन  । गतवर्ष भदौताका चितवनस्थित मेघौलीको शुक्रनगरमा बाघले एक महिलालाई आक्रमण गरी मार्यो। बाघ पक्रिएर चितवन राष्ट्रिय निकुञ्जले संरक्षणमा राख्यो । त्यो बाघ केही महिनापछि मार्यो ।
माडीमा मान्छेमाथि आक्रमण गर्ने बाघलाई उद्धार गरेर सदरचिडियाखाना ल्याइयो । सन् २००७ ताका मानिसलाई पटकपटक आक्रमण गर्ने नङ्ग्रे पोथीबाघले पश्चिम चितवनमा आतङ्क नै मच्चाएको थियो ।

भाले बाघले कुमरोज सामुदायिक वनमै मान्छेमाथि आक्रमण ग¥यो । तीनवटा डमरुकी माउ बाघले सन् २००४ ताका मानिसलाई आक्रमण गरेर हैरान पा¥यो । उसको एउटा डमरुलाई आक्रोशित गाउँलेले कुटेर मारे, एउटा जङ्गलमै कतै हरायो । बाँकी एउटा डमरुको नाम नारायणी राखेर सदरचिडियाखाना ल्याइएको थियो तर त्यो पनि चिडियाखानामै मरेको बाघविज्ञ डा. बाबुराम लामिछाने बताउनुहुन्छ ।उहाँ भन्नुहुन्छ, “जङ्गलबाट भागेर सौराहा पसेको घाइते नमोबुद्ध बाघलाई बर्दिया स्थानान्तरण गरियो तर जङ्गलमा अरू बाघसँग भिड्न नसकेपछि गाउँ पस्यो । ” गाउँमा बारम्बार बाघ आउन थालेपछि त्रसित मानिसले विष खुवाएर त्यसलाई मारे ।

यसरी बारम्बार गाउँ पस्न थालेको बाघका विषयमा लामिछानेसहित निकुञ्जका वरिष्ठ पशुचिकित्सक कमल गैरे, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख डा. चिरञ्जीवी पोखरेल र विज्ञ डा. नरेश सुवेदीले अध्ययन थाल्नुभयोे ।
सन् २००७ देखि सन् २०१६ सम्म भएको अध्ययनअनुसार त्यस अवधिमा २२ वटा समस्याग्रस्त बाघ रहेको फेला प¥यो । कुल बाघमध्ये करिब पाँच प्रतिशतमा बस्ती पस्ने, घरेलु पशुचौपाया र मानिसलाई आक्रमण गर्ने समस्या देखा परेको लामिछाने बताउनुहुन्छ । उहाँका अनुसार बाघ हुर्केर वयष्क बन्न करिब छ वर्ष लाग्छ । करिब १६ वर्ष हाराहारीको जीवनकालको अधिक समय हुर्कने र आफ्नो क्षेत्र कमाएर बच्चा जन्माउने कार्यमै खर्च हुन्छ ।

बुढ्यौलीले कमजोर बन्दै जाँदा अर्को वयष्क बाघसँग लड्न सक्दैन । एक्लिएको बाघ सिकार गर्न अल्छी गर्ने र सहज खानेकुराको बाटो खोज्दै बस्ती पस्ने गरेको लामिछानेको निष्कर्ष छ । कतिपय अवस्थामा मानिसको अतिक्रमण वन क्षेत्रमा हुँदा र नदी आसपास जम्काभेट हुँदामात्र बाघले आक्रमण गर्ने र स्वस्थ बाघ घना जङ्गलमै रमाउने जनावर हो ।

बाघका चुनौती
सन् २०१० मा नेदरल्यान्ड्सको सेन्ट पिटर्सवर्गमा भएको टाइगर समिटले सन् २०२० सम्ममा दुर्लभ पाटे बाघको सङ्ख्या दोब्बर बनाउने घोषण गर्यो । त्यही बेलादेखि जुलाई २९ लाई बाघ दिवस मनाउन थालिएको हो । सोमबार नेपालमा विविध कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।

एसियाका १३ देशमा पाइने पाटेबाघ बिरालो प्रजातिको सबैभन्दा ठूलो लजालु वन्यजन्तु हो । पटेबाघ सबैभन्दा बढी भारतमा रहेको छ । एसियाभर करिब चार हजार जनसङ्ख्या पाटेबाघको छ । बाघ घना जङ्गलमा रमाउँछ तर नेपालमा जङ्गल पातलो हुँदै गएको छ । बाघ संरक्षण सबैभन्दा ठूलो चुनौती नै यही भएको संरक्षणविद्हरूको भनाइ छ ।

दोब्बर बनाउने लक्ष्य

नेपाल पाटेबाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्यको नजिक पुगसकेको खुसियाली एकातिर छ भने अर्कोतिर बढ्दो सङ्ख्यासँगै अनेक चुनौती निम्तिएको संरक्षणकर्मीहरू स्वीकार्छन् । राष्ट्रिय निकुञ्ज तथा वनयजन्तु संरक्षण विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले भन्नुभयो, “नेपालले पु¥याउनुपर्ने सङ्ख्या २४५ हो तर हामी त्योभन्दा बढी २५० बनाउने लक्ष्यमा छौँ, बाघको गणनाका बेला गणना नभएका बाघका बच्चा ठूलो हुँदा त्यो सङ्ख्या बढ्न सक्छ । ”
पछिल्लो आँकडाअनुसार नेपालमा बाघको सङ्ख्या २३५ वटा छ । चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दियामा ८७, बाँकेमा २१, पर्सामा १८ र शुक्लाफाँटामा १६ वटा बाघ छन् ।

बाघ बढेसँगै बाघ पाइने क्षेत्र विस्तार गरिएको छ । जसअनुसार सन् २०१० मा चारवटा मात्र बाघ रहेको पर्सा निकुञ्जमा यतिबेला १८ वटा बाघ छन् ।

बाघको सङ्ख्या बढेकैले आरक्षबाट निकुञ्जमा परिणत गरी क्षेत्र विस्तार गरिएको हो । पर्सा निकुञ्ज प्रमुख अमिर महर्जन भन्नुहुन्छ, “माउ र बच्चा त्यस क्षेत्रमा विचरण गर्न थालिसकेको छ तर पानी, आहारा र सुरक्षा चुनौती बढेको छ । ”
उहाँका अनुसार राम्रो घाँसे मैदान भएमा त्यहाँ बाघका आहारा पनि रामै्र हुन्छ तर वर्षामा थोरै राहत भए पनि सुक्खाग्रस्त क्षेत्रका कारण समस्या छ । हिउँदमा बोकेर पानी जङ्गलमा राख्नुपर्ने अवस्था निकुञ्जको अर्को चुनौती बनेको छ ।
बासस्थानको हिसाबले भने प्रतिवर्गकिलोमिटर एक बाघ राख्दा पनि २२ वटा बाघ अट्ने क्षमता रहेको उहाँ सुनाउनुहुन्छ । पर्सामा पनि बाघ सहज सिकारका लागि मानव बस्तीतिर पुग्न थालेको महर्जन सुनाउनुहुन्छ ।

नेपालकै सबैभन्दा धेरै बाघ भएको चितवनमा गत आर्थिक वर्षमा विभिन्न कारणले आठवटा बाघ मरे । “बढीजसो भाले बाघ एकअर्कासँग जुधेर मरेका हुन्, आफ्नो क्षेत्र कायम गर्ने पोथीसँग बस्ने लालसाले बाघबीच द्वन्द्व हुन्छ,” चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले भन्नुभयो । लडाइँमा घाइते भएरै केही बाघ मरेको दाबी उहाँ गर्नुहुन्छ ।

गाउँ पस्ने खतरा
बर्दियामा दुई दिन अघिमात्र बाघले गाउँको दुइटा गोरु मा¥यो । जङ्गलमा आहारा पर्याप्त भए पनि ठूलो आहारामा पल्केपछि यसरी बाघ गाउँ पसेको अनुमान बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल गर्नुहुन्छ ।
उहाँका अनुसार बाघको सङ्ख्या बढोत्तरीले आपसी द्वन्द्वलाई बढावा दिए पनि त्यही कारण बाघ बस्ती पस्ने सम्भावना न्यून हुन्छ । केही समयअघि नयाँ क्षेत्र खोज्ने क्रममा भौँतारिएको एक बाघ सडक दुर्घटनामा परेर मरेको उहाँले जानकारी दिनुभयो ।

बाघको असर

बाघ, चितुवा र मानिसमा तिनको असर विषयमा विद्यावारिधि गर्नुभएका विज्ञ डा। लामिछानेले बाघको बढोत्तरीले ऊसरहका अन्य वन्यजन्तुमा असर गर्ने दाबी गर्नुहुन्छ । उहाँको अध्ययनअनुसार बाघसरह जङ्गलमा आफ्नो क्षेत्र बनाएर बस्ने चितुवा, ब्वाँसो आदि छन् । सबैको आहारा जरायो, मृग, रतुवा, बँदेल लगायतका प्रजाति रहन्छन् । बाघले भने ठूलो गौरीगाईसमेत मारेको पाइएको थियो । बाघको बढोत्तरीका कारण अन्य ठूला प्राणी विस्थापित हुनसक्ने अध्ययनले देखाएको छ ।

चितवनमा घना जङ्गल र आहाराकै कारण बाघको उपस्थिति बाक्लो रहेको उहाँ औँल्याउनुहुन्छ । “बाघले मुख्य स्थानमा आफ्नो कब्जा जमाएपछि चितुवा भने चुरे क्षेत्र, सालको वन र मानिसको चाप भएका आसपास बस्न बाध्य भएको छ,” लामिछानेको निष्कर्ष छ ।

बाघ क्षेत्र विस्तार गर्दै निकुञ्जबाट मध्यवर्ती क्षेत्र, नवलपरासीको दाउन्नेसम्म र चितवनको बरण्डाभारसम्म पुगेको छ । बर्दिया र बाँकेमा पनि विस्तार भएका क्षेत्रमा बाघले पहुँच बढाएको छ । अझ भारतबाट समेत बाघको आउजाउ बढेको छ । वाल्मीकि क्षेत्र हुँदै चारवटा बाघ नेपाल भारत आउजाउ गरिरहेका छन् । मानिसमा समेत बाघको अतिक्रमणको असर परेको उहाँ बताउनुहुन्छ ।

व्यवस्थापन जरुरी

वरिष्ठ बाघविज्ञ डा। झमक कार्कीले बाघको बढोत्तरीको उचित व्यवस्थापन गर्न बासस्थान र आहाराको व्यवस्थापन जरुरी रहेको बताउनुभयो । उहाँ सुझाउनुहुन्छ, “मानव वन्यजन्तु द्वन्द्व बढाउने हुँदा सरकारले सँगै राहत र उपचारका विषयलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ । ” एउटा क्षेत्रमा भाले, उसका पोथी बाघ र डमरुका लागि पर्याप्त गुणस्तरीय आहारा भएमात्र बढेको बाघको सङ्ख्या टिकाउ हुने उहाँले बताउनुभयो । चोरीसिकारी र अवैध अन्तर्राष्ट्रिय व्यापारबाट बाघलाई जोगाउने रणनीति आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com