ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आयात प्रतिस्थापन गर्दै निर्यात प्रवद्र्धनमा उपराष्ट्रपतिको जोड


एबीसी न्यूज

काठमाडौं, १३ साउन । उपराष्ट्रपति नन्दबहादुर पुनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को दीर्घकालीन लक्ष हासिल गर्न निरन्तरको आयातलाई प्रतिस्थापन गर्दै निर्यात वृद्धि गरिनुपर्नेमा जोड दिनुभएको छ ।

पच्चीसौँ कार्गो दिवसका अवसरमा नेपाल फ्रेट फरवार्डरस् एशोसियसन नेफा द्वारा आज आयोजित कार्यक्रममा उहाँले सबै नेपालीलाई समृद्ध, खुशी र सुखी बनाउन आयात प्रतिस्थापन गर्नुको विकल्प नभएको बताउनुभयो । “आजको विश्वबजारमा हामीले कुनै न कुनै वस्तुको आयात त गर्नैपर्ने हुन्छ । तर, जुन वस्तुको उत्पादन हाम्रो देशमा सम्भव छैन, त्यस्ता वस्तुमात्रै आयात गर्नेमा विशेष ध्यान दिनुपर्दछ”, उपराष्ट्रपतिले भन्नुभयो, “आयात गरिने वस्तुको मूल्यभन्दा अधिक मूल्य प्राप्त हुने गरी हाम्रा उत्पादन विश्वबजारमा पु¥याउन सक्नुपर्दछ ।”

नेपाली उत्पादनलाई विश्वव्यापी गराउन सकेमात्र व्यापार सन्तुलन गर्न सकिनेमा जोड दिँदै उहाँले निर्यात व्यापारको वृद्धिमार्फत मात्रै समृद्ध नेपाल निर्माणको अभियानलाई साकार रूप दिन सकिने बताउनुभयो ।

“हामी प्राकृतिक स्रोत साधनले सम्पन्न छौँ, जलविद्युत् निर्यात गर्ने चरणमा पुगिसकेका छौँ । पानी, जडीबुटीलगायत हामीलाई प्रकृतिले दिएको उपहारलाई निर्यात गर्न सक्छौँ, यो सम्पन्नतालाई उच्चतम् उपयोग गर्दै निर्यात गरेमात्रै पनि व्यापार घाटालाई कम गर्न सक्छौँ”, नेपालको निर्यात सम्भावना औँल्याउँदै उपराष्ट्रपति पुनले भन्नुभयो ।

नेपालको समृद्धिको आधारका रूपमा कृषि, पर्यटन, जलविद्युत, जडीबुटी, खनिज, उद्योग र पूर्वाधारलाई लिइएको उल्ल्ेख गर्दै उहाँले कृषिको आधुनिकीकरणमार्फत उत्पादन वृद्धि गरेर निर्यात गर्न सकिने सम्भावना औँल्याउनुभयो । “पर्यटन पूर्वाधारको विकास गरेर सेवा क्षेत्रको विस्तार, विद्युत् उत्पादन गरेर निर्यात गर्न सक्छौँ”, उपराष्ट्रपतिले भन्नुभयो, “जडीबुटी प्रशोधन र खनिजको उत्खनन् तथा गुणस्तरीय उत्पादन निर्यात गर्न सक्छौँ । तर, हाम्रा सबै उत्पादन गुणस्तरीय हुनुपर्दछ । गुणस्तरमा भने कुनै सम्झौता गर्नुहुँदैन ।”

निर्यात व्यापार वृद्धिका लागि कार्गो व्यवसायीको महत्वपूर्ण भूमिका रहने बताउँदै उहाँले आयातभन्दा निर्यातलाई प्राथमिकता दिन व्यवसायीलाई आग्रह गर्नुभयो । “यहाँहरुले निर्यात आयात दुवै व्यापारलाई सहजीकरण र सरलीकरण गर्दै आउनुभएको छ । यसलाई अझै व्यवस्थित गर्न जरुरी छ । यहाँहरु व्यवसायी हुनुहुन्छ । व्यवसायी हुनुको नाताले मुनाफाको अपेक्षा गर्नु स्वभाविक हो”, व्यवासयीलाई ध्यानाकर्षण गराउँदै उपराष्ट्रपतिले भन्नुभयो, “आयातभन्दा निर्यातलाई प्राथमिकतामा राख्नुहोस् । राष्ट्रभन्दा ठूलो केही हुँदैन । किनकी निर्यात व्यापार प्रवद्र्धन गर्ने जिम्मेवारी तपाईँहरुको पनि हो ।”

निर्यात व्यापारलाई प्रवद्र्धन गर्न सरकारले आफ्नो प्रयास जारी राखेको उल्लेख गर्दै उहाँले निर्यात प्रवद्र्धनमा सरकारसँग सहकार्य गर्न निजी क्षेत्रका व्यवसायीलाई आग्रह गर्नुभयो । “सरकारको एक्लो प्रयासले मात्रै हाम्रो यो यात्राले उचाइ प्राप्त गर्दैन, नीजि क्षेत्र तथा व्यवसायीले सरकारसँग यसमा हातेमालो गर्नुपर्दछ”, उहाँले भन्नुभयो ।

केही वर्षभित्रै नेपालको ढुवानी क्षेत्रले फड्को मार्ने विश्वास व्यक्त गर्दै उपराष्ट्रपतिले अब छिट्टै रेलमार्ग, जलमार्ग तथा धेरै अन्तर्राष्ट्रिय विमानस्थलबाट आयात निर्यात गर्नसक्ने गरी पूर्वाधार निर्माण भइरहेकामा खुसी व्यक्त गर्नुभयो । मालवस्तु ढुवानी सहजीकरण र सरलीकरणमा सरकारले गरिरहेको प्रयासले सार्थकता पाउने विश्वास व्यक्त गर्दै उहाँले नेपालका नदीमा साना तथा मझौला पानीजहाज सञ्चालन हुने दिन अब धेरै टाढा छैन भन्नुभयो । “रेलमार्ग, जलमार्ग सञ्चालन हुने दिन पनि धेरै टाढा छ जस्तो लाग्दैन, जलमार्ग र रेलमार्गले हाम्रो निर्यात आयात व्यापारलाई सहज बनाउने छ । हामीलाई समुद्रसँग जोड्नेछ यसबाट कार्गो व्यवसायीलाई पनि सहजता मिल्नेछ”, उपराष्ट्रपतिले भन्नुभयो ।

ढुवानी पूर्वाधारका क्षेत्रमा थुप्रै विकास भए पनि सबैको सकारात्मक सोच नराख्ने हो भने कुनै प्रगति नहुने उहाँको भनाइ थियो । राष्ट्रहित भन्दा पनि व्यक्तिवादी सोच हावी हुँदै गइरहेकामा चिन्ता व्यक्त गर्दै उपराष्ट्रपतिले आफ्ना लागि भन्दा पनि राष्ट्रका लागि सोच्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “देश डुबिरह्यो भने तपाईं हामी कहाँबाट बच्छौँ रु मेरो आग्रह छ, हामी जो जुन क्षेत्रमा छौँ, पहिला देशको लागि सोचौँ र आफ्नो लागि पनि ।” उपराष्ट्रपति पुनले कार्गो व्यवसायीमा देखिएका व्यवधान समाधान गर्न सरकार अग्रसर हुने अपेक्षासमेत गर्नुभयो ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले अन्तर्राष्ट्रिय व्यापारमा कार्गो व्यवसायीको महत्वपूर्ण भूमिका रहेको उल्ल्ेख गर्दैै बढ्दो व्यापार घाटा न्यूनीकरणका लागि भूमिका खेल्न आग्रह गर्नुभयो । सरकारले ढुवानी व्यवसायलाई प्रवद्र्धन गर्न पूर्वाधार निर्माणमा जोड दिएको जानकारी दिँदै उहाँले नेपालको समुद्रसम्म सहज पहुँचका लागि ठूलो मेहनत गरिएको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले पूर्वाधार विस्तार गरेरमात्रै निर्यात विविधीकरण गर्न सकिनेमा जोड दिँदै ढुवानी व्यवसायमा नवीनतम् प्रविधिको प्रयोग गरिनुपर्ने बताउनुभयो ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष सतिशकुमार मोरले बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न कार्गो व्यवसायीको महत्वपूर्ण भूमिका रहेको औँल्याउँदै पूर्वाधारको विकासतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

भारतीय कार्गो व्यवसायी महासङ्घका अध्यक्ष एस रामकृष्ण रावले भारत र नेपालका कार्गो व्यवासायीको सामूहिक प्रयत्नबाट मात्र दुवै मुलुकको समृद्धि सम्भव भएको बताउनुभयो । व्यापार सहजीकरणमा दुवै संस्थाले एकअर्कालाई भरपूर सहयोग गर्दै आएको उहाँको भनाइ थियो ।

सङ्घका अध्यक्ष प्रकाश सिंह कार्कीले समग्र कार्गो व्यवसायको विस्तारका लागि यससँग सम्बन्धित ऐन, कानून परिमार्जन गर्न आग्रह गर्दै कार्गोमैत्री पूर्वाधार विकासमा जोड दिनुभयो । व्यापार सहजीकरण गर्न सङ्घ तयार रहेको जानकारी गराउँदै उहाँले कार्गो व्यवसायमा देखिएको समस्या समाधान गर्न सरकाको ध्यानकर्षण गराउनुभयो ।

कार्यक्रममा आयात, निर्यात तथा कार्गो व्यवसायमा महत्वपूर्ण भूमिका खेल्ने व्यक्तित्व तथा उत्कृष्ट कार्गो ढुवानी गर्ने संस्थालाई सम्मान गरिएको थियो । सन् २०१८ को ‘हाइएस्ट कार्गो अपलिफ्ट अवार्ड’ अनलाइनतर्फ क्रमशः कतार एयरवेज, क्याथे प्यासिफिक कार्गो र थाइ एयरवेजलाई प्रदान गरियो । त्यस्तै अफलाइनतर्फ इमिरेट्स स्काइ कार्गोलाई ‘हाइएस्ट कार्गो अपलिफ्ट अवार्ड’ प्रदान गरिएको थियो ।

सो अवसरमा उपराष्ट्रपति पुनले कालोपुलस्थित सङ्घको नवनिर्मित भवनको समेत अनलाइन माध्ययमबाट उद्घाटन गर्नुभएको थियो । सङ्घमा कार्गो सेवा उपलब्ध गराउँदै आएका ११८ कम्पनी आबद्ध रहेका छन् । ढुवानी तथा कार्गो व्यवसायलाई आवश्यक पर्ने ऐन, नियम तथा कानून निर्माणमा सङ्घले सरकारलाई सुझाव, सल्लाह उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com