ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक वर्ष देखि फोन कुरेर बसेको छोराको शव आयो, अर्को छोरा विदेशकै जेलमा


एबीसी न्यूज
श्रावण १३, २०७६ सोमबार  १ : २० बजे

काठमाडौं, १३ साउन । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ८ साङबारीकी ६१ बर्षीय कुमारी गुरुङलाई जस्तो पीडा अहिले कस्को आमालाई होला । घरको आर्थिक अवस्था कमजोर भएपछि राजेगारीको खोजीमा गएका दुई छोराको अवस्थाले उनको आँखा ओभाना छैनन् । जेठा छोरा रामबहादुर गुरुङ ११ बर्ष अघि मलेशिया गएका थिए । ४ बर्ष पछि भाई नेत्र बहादुर गुरुङलाई पनि उतै बोलाए । घरमा वृद्ध बाबु आमालाई बेला बेलामा फोन गर्दा दुवै भाइ घरमा आएर पक्की घर बनाउने र गाँउमै केहि गर्ने सुनाउँथे ।

तर एक वर्ष अघिबाट दुवै छोराको फोन आउन छोड्यो । छोराहरुको बाटो कुरेर बसेका बाउ आमाले गत सालको साउनमा अपत्यारीलो खबर सुने । मलेशियामा ब्लक उद्योगमा काम गर्दै गरेका कान्छा छोरा नेत्रको मेशिनमा च्यापिएर ज्या८न गएको खबर उनका साथीले सुनाए पछि आमाको पैताला मुनीको जमिन भासियो । त्यसको केहि समय देखि जेठा छोराको समेत फोन आउन छोडेपछि उनको मनमा फेरी चिसो पस्यो ।

कान्छो छोराको मृत अनुहार हेरेपछि बाबुको आँखा पनि ओभाएका छैनन, आमा रोगी छिन् । जेठो छोराको अत्तो पत्तो नपाएका उनीहरुलाई केहि दिन अघिमात्रै छोरीको म्यासेन्जरमा आएको एउटा अडियोले झन् निराश बनाएको छ । अडियोमा रामबहादुरले आँफुलाई जेल परिर्वतन गर्न लाग्दा फोन पाएर बोलेको भन्दै जेलमा के हुन्छ, कहिले फर्कीन्छ भन्ने थाहा नपाएकाले नआत्तीन त भनेका छन् तर बाउआमाको मन कहाँ मान्थ्यो र ?

‘म जेलमा परेको छु, साथमा पासर्पोट नभएपछि कति समय जेलमा राख्छ टुंगो हुँदैन रहेछ, आउन पनि सक्छु जिवन भर जेलमै बित्न पनि सक्छ नआत्तीएर बस्नु, दुतावास तिर यताउता पहल ग¥यो भने आउन पनि सक्छु होला।‘ भन्दै म्यासेज लेखेका थिए । आफ्नतका अनुसार रामबहादुर गुरुङका बिषयमा समेत दुतावासले जानकारी नभएको बताउने गरेको छ। बुढेशकालको साहारा ठानेका छोराको यो अवस्थाले अहिले न दिनमा भोक लाग्छ न रात निद्रा । एउटा छोरा त आउला भन्ने आशामा बाटो कुर्नुको विकल्प छैन कुमारीसँग ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस कार्यसम्पादन समिति बैठकका ७ बुँदे निर्णय सार्वजनिक (पूर्णपाठ)

७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा सुकुम्वासीको प्रदर्शन

सम्बन्धित

विद्यार्थी संघ–संगठन खारेज गर्ने निर्णयविरुद्ध कारण देखाऊ आदेश

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

प्रधानमन्त्री शाहको झुटो दाबीमाथि पूर्वअधिकारीको ‘काउन्टर’

सरकारले फेरि भन्यो– लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने बाटोमा पर्ने भू–भाग हाम्रै हो

फिर्ता भएको अध्यादेश पुनः अघि बढाउने सरकारको निर्णय, संवैधानिक बहस चर्कियो

संविधान संशोधन बहस सघन, न्यायपालिका सुधारबारे विज्ञहरूबीच मतभेद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com