ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्नानकक्षमा लडेर अप्सराको निधन


एबीसी न्यूज
श्रावण १३, २०७६ सोमबार  ९ : ५५ बजे

काठमाडौं, १३  साउन  । मकवानपुरकी लोकप्रिय साहित्यकार अप्सरा तिम्सिनाको आइतबार राती निधन भएको छ । स्नानकक्षमा लडेर सामान्य घाइते हुनुभएकी ४५ वर्षीया तिम्सिनाको ज्वरो आउने, पेट दुख्ने तथा जिउ गल्ने समस्याका कारण हेटौँडाको चुरेहिल अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारका लागि आइतबार नै भरतपुर लगिएकोमा राति उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

विभिन्न पत्रपत्रिकामा दर्जनौँ फुटकर कविता र कथा प्रकाशित गर्नुभएकी तिम्सिनाको ‘नदी किनाराका आभास’ कविता सङ्ग्रह र ‘अभ्यन्तर’ कथा सङग्रह प्रकाशित छन् । उहाँ आँचल साहित्य कला पुञ्ज मकवानपुरको अध्यक्ष हुनुहुन्थ्यो ।
उहाँको निधनले मकवानपुरको साहित्य क्षेत्रमा ठूलो क्षति भएको साहित्यकारले बताएका छन् । “लामो समयदेखि साहित्य क्षेत्रमा लाग्नुभएकी तिम्सिनाले साहित्य क्षेत्रमा दुई वटा गहकिला पुस्तक र सयौँ कथा कविता छोडेर अल्पायुमा बिदा हुनुभयो”, सहकर्मी साहित्यकार भावना तिम्सिनाले भन्नुभयो ।

उहाँको निधन पत्याउनै नसकिने दुखद् घटना भएको साहित्य सङ्गम मकवानपुरका अध्यक्ष निमेष निखिलले बताउनुभयो । उहाँको आजै गोरक्षेश्वर घाट हेटौँडामा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस कार्यसम्पादन समिति बैठकका ७ बुँदे निर्णय सार्वजनिक (पूर्णपाठ)

७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा सुकुम्वासीको प्रदर्शन

सम्बन्धित

विद्यार्थी संघ–संगठन खारेज गर्ने निर्णयविरुद्ध कारण देखाऊ आदेश

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

प्रधानमन्त्री शाहको झुटो दाबीमाथि पूर्वअधिकारीको ‘काउन्टर’

सरकारले फेरि भन्यो– लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने बाटोमा पर्ने भू–भाग हाम्रै हो

फिर्ता भएको अध्यादेश पुनः अघि बढाउने सरकारको निर्णय, संवैधानिक बहस चर्कियो

संविधान संशोधन बहस सघन, न्यायपालिका सुधारबारे विज्ञहरूबीच मतभेद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com