ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दैलेखमा पेट्रोलियम अन्वेषणको अवस्था बारे उद्योग मन्त्रीको चासो


एबीसी न्यूज

काठमाडौँ, १२ साउन । चिनियाँ सहयोगमा दैलेखमा अन्वेषण भईरहेको पेट्रोलियम पदार्थको अवस्था बारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले चासो व्यक्त गरेका छन् ।

अन्वेष्णको हाल सम्मको अवस्था बारे मन्त्री यादवले आईतवार चिनियाँ टोली सँग छलफल गरेका छन् । चिनियाँ टोलीहरुलाई मन्त्रालयमै बोलाएर मन्त्री यादवले उक्त कार्यको हालसम्मको प्रगति बारे जानकारी लिएका हुन् । मन्त्रीसँगको छलफलमा चिनियाँ टोलीले उक्त पेट्रोलियम पदार्थको अन्वेषणको क्रममा हालसम्म ‘जियोलोजीकल म्यापिङ्ग’ सम्मको काम सम्पन्न भएको जानकारी गराएका थिए ।

भेटघाटको क्रममा चिनियाँ टोलीले अब ‘म्यागनेटो टेलरिक’ र ‘टु डी सिस्मिक सर्वे’ गरि प्रोफाईल लाईन यकिन गर्नुपर्ने काम बाँकी रहेको र उक्त कामका निम्ति मन्त्रालयसँग आवश्यक उपकरण आयातका काममा सहयोगको अपेक्षा गरेका थिए ।

जवाफमा मन्त्री यादवले उक्त अन्वेषणका निम्ति चाहिने आवश्यक उपकरणहरु आयात कार्यमा मन्त्रालयले सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरे । सिस्मिक सर्वे पश्चात् ड्रील गर्ने स्थलहरूको पहिचान हुने र यी कार्यहरू यसैवर्षको अक्टोबरबाट थालिने चीनियाँ टोलीले जानकारी गराए । दैलेखमा उक्त पेट्रोलियम अन्वेषण कार्य चीनियाँ पक्षले ३ वर्षभित्र सम्पन्न गर्ने गरि सम्झौता भएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com