ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पढ्नैपर्ने पुस्तक ‘परराष्ट्रका पात्र’ बजारमा


एबीसी न्यूज

 

काठमाडौं, ११ साउन । आवासीय विद्यालय, ‘मिशन स्कूल’ र विदेशमा पढेका प्रतिस्पर्धीलाई पाखा लगाउँदै गाउँको सामान्य विद्यालयमा पढेको एउटा ठिटो अन्तर्राष्ट्रिय सम्बन्धको जानकार कसरी भयो ।परराष्ट्र सचिव, जापान र जर्मनीको राजदूत अनि राष्ट्रपति विद्यादेवी भण्डारीको परराष्ट्र मामिला र कूटनीति विषयविज्ञका रुपमा सेवा गरिसकेका मदनकुमार भट्टराईको कूटनीतिक कर्मको झण्डै चार दशकको इतिवृत्त ‘परराष्ट्रका पात्र’ मा समेटिएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्धमा नै महाविद्यावारिधिको उपाधि हासिल गरेका अजातशत्रुु तिनै भट्टराईको स्मरणात्मक कृति किताब प्रकाशनले बजारमा ल्याएको हो ।पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले आज राजधानीमा विमोचन गर्दै हरेक विषयका जानकार सरल एवं सहृदीय भट्टराईको व्यक्तित्व र कृतित्वको चर्चा गर्नुभयो ।

पूर्व राजदूत शङ्कर शर्माले विमोचित कृतिका विविध आयामको समीक्षा गर्दै भट्टराईको सीपयुक्त सुुझबुझपूर्ण कूटनीति सञ्चालनको प्रशंसा गर्नुभयो । पत्रकार घनश्याम खड्का र डा रीता थापाले पुस्तकका केही शीर्षकका विषयवस्तु र सन्दर्भको विश्लेषणात्मक प्रस्तुति पेश गर्नुभएको थियो भने लेखक भट्टराईले पुस्तक लेखनका उद्देश्यबारे जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय सम्बन्धबारे रुचि राख्ने विद्यार्थी र अनुसन्धातालगायतलाई बहुउपयोगी उक्त पुस्तक लेखक भट्टराईले आफ्ना मातापिता होमकुमारी र बलराम भट्टराईप्रति समर्पण गर्नुभएको छ । रु ६०० मूल्यको उक्त पुस्तकमा ‘जैसीकोठा र मुन्सीखाना, मुन्सी कप्तानदेखि शिष्टाचार महापाल, डाइरेक्टर जनरल पाँच प्रयोग, विपी र विदेश मामिला’लगायत १० शीर्षकमा लेखक भट्टराईले कलम चलाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com