ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थानीय सरकार मामिलामा खोज पत्रकारिता तालीम


एबीसी न्यूज

काठमाडौं, ११ साउन । नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखाले मण्डनदेउपुर नगरपालिका र बनेपा नगरपालिकाको आर्थिक सहयोगमा मण्डनदेउपुर नगरपालिका–२ स्थित नगरकोटमा आजबाट स्थानीय सरकार मामिला खोज पत्रकारिता तालीम शुरु गरेको छ ।

पत्रकारहरुलाई आफूले गरिरहेका कामलाई थप गहिराइसम्म पुगेर काम गर्न सहज बनाउने उद्देश्यले स्थानीय सकरारसँग मिलेर तालीम कार्यक्रमको आयोजना गरिएको नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखा अध्यक्ष मोतीराम तिमल्सिनाले बताउनुभयो ।

कार्यक्रमका प्रशिक्षक एवं खोज पत्रकार केन्द्रका सम्पादक शिव गाउँलेले पत्रकारहरुका लागि राम्रो पढाइ र राम्रो तालीमको आवश्यक भएको बताउनुभयो । राम्रो पढाइ र तालीमबाट नै राम्रो पत्रकारिता हुने उल्लेख गर्दै उहाँले त्यसको माध्यमबाट सतहमा देखिनेभन्दा भित्रसम्म पुगेर खोजेर लेख्ने काम गर्न सहयोग पुग्ने बताउनुभयो । तालीममा खोज पत्रकार केन्द्रका शिव गाउँले र हरिबहादुर थापाले प्रशिक्षण दिनुभयो ।

आइतबारसम्म चल्ने तालीममा जिल्लाबाट राष्ट्रिय र स्थानीयस्तरमा कार्यरत सञ्चारमाध्यममा आबद्ध ६० पत्रकारहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com