ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फेरि थुप्रन थाल्यो राजधानीमा फोहर


एबीसी न्यूज
श्रावण ११, २०७६ शनिबार  १ : ५३ बजे

 


काठमाडौं,११ साउन । वाग्मती लगायत उपत्यकाका नदी र चक्रपथ सफाइ अभियान जारी रहे पनि विभिन्न स्थानमा अझै फोहर उठ्न सकेको छैन ।

वाग्मती सफाइ महाअभियानको ३२४ औँ हप्तामा बुद्धनगर पुल क्षेत्र मुनिको नदी किनारमा सफाइ गरी नौ मेट्रिक टन फोहर उठाए पनि तीन मेट्रिक टन फोहर मात्र व्यवस्थापन हुन सकेको अभियानकर्मी माला खरेलले बताउनुभयो ।

फोहर उठ्न नसकेपछि फेरि उपत्यकाका चोक चोकमा फोहर थुप्री प्रदुषण फैलन थालेको छ । सफाइमा २० संस्थाका ६०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो । तीन वटै सुरक्षा निकायको समेत सक्रियता रहेको थियो । सो अवसरमा समितिका अध्यक्ष नरेन्द्रराज बस्नेतले सफाइ अभियानलाई अझ रचनात्मक रुपमा अघि बढाइनुपर्नेमा जोड दिनुभएको थियो ।

रुद्रमती सफाइ अभियानको २७८ औँ हप्तामा रुद्रपनेकु झोलुङ्गे पुलबाट सेतोपुल हुँदै फर्किएर रातोपुलसम्मको दायाँबायाँ किनारमा सफाइ गरियो । सफाइका क्रममा नदी किनारमा जम्मा भएको दुई क्विन्टल फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले बताउनुृभयो ।सफाइमा काठमाडौँ महानगरपालिका वडा नं। ३० का अध्यक्ष दलबहादुर कार्की लगायत स्थानीयवासीको सहभागिता थियो ।

वाग्मती सुन्दरीघाट सफाइको १३३ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी चित्र सुनुवारले जानकारी दिनुभयो । सफाइमा १०० जनाभन्दा बढी अभियानकर्मीको सहभागिता थियो । आलोकनगर सफाइको १२१ औँ हप्तामा काठमाडौँ महानगरपालिका वडा नं। ३१ स्थित आलोकनगर मन्दिरबाट बानेश्वरका विभिन्न क्षेत्रमा सफाइ गरी बुद्धनगरस्थित यूएन पार्क क्षेत्रको वाग्मती सफाइ महाअभियान पुगेको जनाइएको छ ।

चक्रपथ सफाइ अभियान २०७१ को आयोजनामा गङ्गाहलबाट बालाजुचोकसम्म १०२ औँ हप्ताको सफाइ गरियो । यस क्षेत्रको चक्रपथमा धेरै फोहर जम्मा भएको भेटिएको सफाइ संयोजक ताराबहादुर कुँवरले बताउनुभयो । करीब २०० जना अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट पाँच टन फोहर व्यवस्थापन गरियो । सफाइमा सांसद रामवीर मानन्धर पनि सहभागि हुनुभएको थियो ।

मनोहरा सफाइको १२३ हप्तामा बालकुमारी पुलमुनिको नदी किनारमा सफाइ गरियो । स्थानीय संस्था सहित टोलवासीको सक्रियतामा भएको सफाइबाट एक ट्रक फोहर व्यवस्थापन गरिएको अभियानकर्मी चन्द्र दङ्गालले जानकारी दिनुभयो ।

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानपछि उपत्यका लगायत देशभर सफाइ जागरण फैलिएको छ । हाल देशभरका १०५ भन्दा बढी स्थानमा सफाइ भइरहेको अभियानकर्मीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस कार्यसम्पादन समिति बैठकका ७ बुँदे निर्णय सार्वजनिक (पूर्णपाठ)

७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा सुकुम्वासीको प्रदर्शन

सम्बन्धित

विद्यार्थी संघ–संगठन खारेज गर्ने निर्णयविरुद्ध कारण देखाऊ आदेश

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

प्रधानमन्त्री शाहको झुटो दाबीमाथि पूर्वअधिकारीको ‘काउन्टर’

सरकारले फेरि भन्यो– लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने बाटोमा पर्ने भू–भाग हाम्रै हो

फिर्ता भएको अध्यादेश पुनः अघि बढाउने सरकारको निर्णय, संवैधानिक बहस चर्कियो

संविधान संशोधन बहस सघन, न्यायपालिका सुधारबारे विज्ञहरूबीच मतभेद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com