ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धरानमा लागुऔषध र पेस्तोल सहित पांच जना पक्राउ


एबीसी न्यूज
श्रावण ११, २०७६ शनिबार  १ : २३ बजे

काठमाडौं, ११ साउन । सुनसरीको धरानमा लागुऔषध र पेस्तोलको गोलीसहित तीन प्रहरीसंगै पांच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ङलाई धरान–१६ मा रहेको धरान रङ्गशालाको प्याराफिटबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले बताउनुभयो । तामाङको स्थाई घर विराटनगर हो । उनीसहित धरान –८ का ३४ वर्षीय दिलकुमार लिम्बू, ४० वर्षीय ओमबहादुर लिम्बूलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूमध्ये दिलकुमारले बोकेको झोला चेकजाँच गर्दा लागुऔषध स्पास्मोप्रोक्सिभन २ सय ६४ ट्याब्लेट र स्पास्मोट्रोक्सिभन १ सय ३६ क्याप्सुल भेटिएको छ । यसैगरी सोही क्रममा जिल्ला अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाई फैसला कार्यान्वयन धनकुटामा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय इनरुवामा कार्यरत प्रहरी जवान सन्तोष तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर हेडक्वार्टर सुनसरीमा दरबन्दी भई सुरक्षा बेस सिराहाको गोलबजारमा कार्यरत सशस्त्र प्रहरी जवान जङ्गबहादुर श्रेष्ठलाई लागूऔषध र पेस्तोलसहित पक्राउ गरेको पनि इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानले पहिलो पटक लागूऔषध कारोबारको अभियोगमा प्रहरीलाई नै पक्राउ गरेको हो । पक्राउ परेका पाचै जनालाई लागूऔषध मुद्दामा सुनसरी जिल्ला अदालतबाट हिरासतमा राख्ने अनुमति लिई थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस कार्यसम्पादन समिति बैठकका ७ बुँदे निर्णय सार्वजनिक (पूर्णपाठ)

७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा सुकुम्वासीको प्रदर्शन

सम्बन्धित

विद्यार्थी संघ–संगठन खारेज गर्ने निर्णयविरुद्ध कारण देखाऊ आदेश

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

प्रधानमन्त्री शाहको झुटो दाबीमाथि पूर्वअधिकारीको ‘काउन्टर’

सरकारले फेरि भन्यो– लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने बाटोमा पर्ने भू–भाग हाम्रै हो

फिर्ता भएको अध्यादेश पुनः अघि बढाउने सरकारको निर्णय, संवैधानिक बहस चर्कियो

संविधान संशोधन बहस सघन, न्यायपालिका सुधारबारे विज्ञहरूबीच मतभेद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com